• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
कांग्रेस नेतृत्वमा फेरि देउवा : छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो ‘क्लियर’
64x64
नेपाल लाइभ बुधबार, मंसिर २९, २०७८  ०२:५२
1140x725

काठमाडौं- शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका छन्। १३औं महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा पुगेका देउवाले १४औं महाधिवेशनमा पनि बाजी मारेका हुन्। १४औं महाधिवेशनबाट सभापति चयनका लागि भएको पहिलो चरणको निर्वाचनमा सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा डा शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापति चुनिएका हुन्।

सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे। 

दुईपल्ट सभापति भएसँगै देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने पनि लगभग 'पक्का' देखिएको छ। वामपन्थी दलहरु टुटफुट भएको समयमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने सम्भावना कायम छ। 

देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। उनको सरकार फागुन २०५३ सम्म कायम रहेको थियो। त्यसपछि २०५८ साउनमा देउवा दोस्रोपटक प्रधानमन्त्री बने। कांग्रेस संसदीय दलको नेताको चुनावमा सुशील कोइरालालाई पराजित गरेर उनी दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए। तर, उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज २०५९ मा घोषित मध्यावधि निर्वाचन गराउन नसकेको भन्दै अपदस्थ गरेका थिए।

प्रधानमन्त्रीको दोस्रो कार्यकालकै बेला पार्टीको आन्तरिक विवादका कारण उनले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। उनी २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बने। तर, २०६१ माघ १९ मा ज्ञानेन्द्रले उनलाई फेरि हटाए, ‘अक्षम’ करार गर्दै।

२०६४ सालमा देउवाले कांग्रेस (प्रजातान्त्रिक)लाई कांग्रेससँग एकीकरण गराए। देशको सत्ता तीनपटक सम्हालिसकेका देउवाले १३औं महाधिवेशनमा पार्टी नेतृत्व पनि सम्हाल्ने अवसर पाए। २०७२ फागुनमा भएको महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर उनी सभापति चयन भएका थिए। २०७४ जेठमा उनले चौंथोपटक प्रधानमन्त्री बन्ने अवसर पाए। संघीय संरचना अनुसार तीनै तहको निर्वाचन गराएर उनले २०७४ फागुनमा सत्ता छोडेका थिए।

राजनीतिक यात्रा
२००३ सालमा डडेलधुराको असीग्राममा जन्मेका देउवाले प्राथमिक र निम्न माध्यमिक तहको अध्ययन डडेलधुरामै गरे। माध्यमिक तह भने देउवाले डोटीको सीताराम मावि उच्चकोटबाट पूरा गरेका थिए। त्यही बेलादेखि नै उनी कांग्रेस राजनीतिमा आकर्षित भएका थिए। २०२१ सालमा काठमाडौंको त्रि-चन्द्र कलेजमा भर्ना भएपछि उनको विद्यार्थी राजनीति औपचारिक रुपमै अघि बढ्यो।

पार्टीहरुलाई प्रतिबन्ध लगाएको अवस्थामा सक्रिय रहेको कांग्रेस भ्रातृ संगठन, नेपाल विद्यार्थी संघको उनी दोस्रो अध्यक्ष भए। २०२८ सालमा नेवि संघको नेतृत्व सम्हालेका उनी २०३६ सालसम्म सोही पदमा रहे। विद्यार्थी राजनीति हाँकेर देखाइसकेका देउवालाई कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएका थिए।

Ncell 2
Ncell 2

1140x725

२०४६ सालको जनआन्दोलन चर्कंदै गर्दा देउवा बेलायतमा अध्ययनरत थिए। लण्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरेका उनी जनआन्दोलन सफल भएको अर्को वर्ष, २०४७ सालमा नेपाल फर्केका थिए। २०४८ सालमा भएको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलोपटक उनी मन्त्री भए। पहिलोपटक सरकारमा सहभागी हुँदा नै उनले शक्तिशाली मानिने गृहमन्त्रालयको जिम्मेवारी पाएका थिए।

देउवाले कांग्रेसको पार्टी राजनीतिमा कृष्णप्रसाद भट्टराईको निकट रहेर काम गरे। कोइराला परिवारसँग उनको निकटता रहेन। परिणामतः कोइराला परिवारसँग महाधिवेशनमा उनको प्रतिस्पर्धा भइरह्यो।

२०५७ सालमा भएको नेपाली कांग्रेसको १०औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका उनी पराजित भए।

देउवा २०४८ सालमा पहिलोपटक संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका थिए। त्यसपछि भएका हरेक संसदीय र संविधानसभा निर्वाचनमा उनी विजयी भएका छन्। उनी २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ गरी छ पटक डडेलधुराबाट निरन्तर विजयी भए।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ०२:५२
  • #शेरबहादुर-देउवा
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्