काठमाडौं– प्रतिनिधि सभाको बैठक आउँदो पुस ६ गते सम्मका लागि स्थगित भएको छ।
मंगलबार बसेको बैठक अब पुस ६ गते बस्नेगरी स्थगित भएको हो।
मंगबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको थियो। तर, एमालेकै अवरोधकाबीच सरकारका तर्फबाट विभिन्न ६ वटा अध्यादेश टेबुल गरिएको थियो।
यस्तै, राष्ट्रिय सभाको बैठक पुस ५ गतेसम्मका लागि स्थगित भएको छ। राष्ट्रिय सभामा पनि एमालेको अवरोधकाबीच ६ अध्यादेश टेबुल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।