काठमाडौं- नेता शशांक कोइराला नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई भेट्न गएका छन्।
मंगलबार कोइराला देउवालाई भेट्न बालुवाटार पुगेको हुन्।
देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले मंगलबार बालुवाटारमा भेट भएको बताए। तर, शशांकको सचिवालयले भने यसबारे केही बताएको छैन।
कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा मतदान हुनै लाग्दा शशांक देउवालाई भेट्न गएका हुन्।
उनी शेखरपक्षमा छन्।
केन्द्रीय सदस्यका उम्मेदवार रहेका कोइराला यसअघि इतरपक्षबाट सभापतिको दौडमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।