काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज बेलुका पाँच बजे मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीबाट पाँच जनाले मन्त्रीको शपथ लिने भएका छन्। नेपाली कांग्रेसबाट पनि शपथ गराउने भनिएपनि महाधिवेशन चलिरहेकाले रोकिएको एक सांसदले बताए।
आज बुलेका माओवादी केन्द्रबाट तीन जना र एकीकृत समाजवादीबाट दुई जनाले शपथ लिन लागेका हुन्।
माओवादी केन्द्रबाट सांसद विशाल खड्का,रत्न ढकाल र घनश्याम दाहाल मन्त्री हुन लागेको खड्काले बताए। खड्का दोलखाबाट, ढकाल काभ्रे र दाहाल चितवनबाट निर्वाचित सांसद हुन्।
एकीकृत समाजवादीबाट बसन्त मानन्धर र बसुन्धरा हुमागाईंले मन्त्रीको शपथ लिन लागेको सांसद मुनु सिग्देलले बताइन्। मानन्धर काठमाडौंबाट निर्वाचित सांसद हुन भने हुमागाईं काभ्रेबाट निर्वाचित सांसद हुन्।
कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा टुंगो लागिनसकेको सांसद सिग्देलले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।