फाइल तस्बिर।
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधैबीच सरकारले ६ वटा अध्यादेश प्रतिनिधि सभाको पहिलो बैठकमा पेस गरेको छ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले संविधान अनुसार ल्याएको अध्यादेश पेस गरेका हुन्। प्रतिनिधि सभाको पहिलो बैठकमा संसद् नभएको समयमा ल्याइएका अध्यादेश पेस गर्ने संविधानको व्यवस्था अनुसार उनले पेस गरेका हुन्।
संविधानमा यसरी जारी भएका अध्यादेश प्रतिनिधि सभाको बैठकमा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने उल्लेख छ।
कानुनमन्त्री बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सम्बन्धी, सामाजिक सुरक्षा, रेल्वे अध्यादेश, यौन हिंसा विरुद्धका केही कानुनलाई संशोधन गर्न बनेको ऐनहरुको संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनहरुलाई संशोधन गर्न बनेको अध्यादेश पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।