काठमाडौं– गैरसांसदलाई राखेर संसद् चलाउन खोजिएकाले यही अवस्थामा संसद् चल्न नसक्ने राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले बताएका छन्। सभामा बोल्दै उनले सरकार र सभामुखका कारण संसद्मा अवरोध जारी रहेको आरोप लगाएका छन्।
उनले भने, ‘सभामुख र सरकारका अर्कमण्यताका कारण गलत दिशामा देशको राजनीति गइरहेको छ। सभामुख संसद् चलाउन चाहिरनुभएको छैन। चलाउन चाहेमा दलीय मान्यता अनुसार अघि बढ्नुपर्ने हो।’
गैरसांसद राखेर संसद् चलाउने चेष्टा गरिएको उनले बताए। उनले थपे, ‘यो लोकतन्त्रको मूल्यमान्यता अनुरुप छैन। लोकतन्त्रको खिलापमा जाने कोसिस गरिएको छ। त्यसका विरुद्ध खडा भएका छौं। त्यसैले यसरुपमा यो सदन चल्ने सक्दैन।’
उनले राज्यका सबै अंग यतिबेला अस्तव्यस्त रहेको उल्लेख गरे। ‘देशमा सरकार छ र? उनको प्रश्न छ, ‘सरकार छ, त्यो मन्त्रीज्यू र उनका परिवारका लागि मात्रै छ कि अरुका लागि पनि?’
जनताका ठाउँबाट सही मूल्यांकन गर्दा सरकार भएको महसुस हुन नसेको उनको भनाइ छ।
एमाले सांसदद्वारा राष्ट्रिय सभा पनि अवरोध
नेकपा एमाले राष्ट्रिय सभा पनि अवरोध गरेको छ। एमालेका सबै सांसदहरु उठेर विरोध जनाएका छन्। एमाले सांसद खिमलाल भट्टराईले बोलेपछि संसद् अवरुद्ध गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।