काठमाडौं- प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालले अवरोध गरेको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार दिउँसो २ बजे दशौँ अधिवेशनको पहिलो बैठक सुरु भएको हो। बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए।
एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ। दोस्रो विघटनपछि यो तेस्रो अधिवेशन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।