काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूबाट कार्यविभाजनका क्रममा कुनै कमीकमजोरी नभएको दाबी नगर्ने बताए।
एमाले संसदीय दलको बैठकमा बोल्दै आफूले पनि असन्तुष्टिका स्वर सुनिरहेको बताउँदै आगामी दिनमा मिल्दै जाने उल्लेख गरे।
उनले भने, ‘कार्यविभाजनलाई लिएर कताकतै असन्तुष्टिका स्वर सुनिएका छन्। आगामी दिनमा मिल्दै जान्छन्। कुनै कमी रहेको छैन भन्ने दाबी गर्न सकिदैन।’
पार्टीमा ८ लाख बढी क्रियाशील सदस्य रहेको बताउँदै व्यवस्थापनमा कहीँकतै नमिलेको हुनसक्ने बताए।
दुई दिनअघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनित, स्थायी कमिटी, पोलिटब्युरो र प्रदेश कमिटी गठन तथा १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको कार्यविभाजन गरेको थियो। ओलीले निकटस्थसँग बसेर निर्माण गरेको सूचीप्रति नेताहरुले असन्तुष्टि जनाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।