काठमाडौं- संघीय संसद्को बैठक मंगलबार बस्दैछ। बैठकअघि कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ।
बैठकमा एमाले, कांग्रेस, माओवादी लगायतका दलको प्रतिनिधित्व छ।
प्रतिनिधि सभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको बैठकबारे व्यवस्था गरिएको छ।
नियम १३ (१) मा 'बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहऱ्याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा सत्र जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिनेछ' भन्ने व्यवस्था छ।
अघिल्लो अधिवेशनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन। सभामुखले बैठक नै नराखेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।