काठमाडौं- अमेरिकाले अफगानिस्तानमा गरिएको ड्रोन हमलामा कुनै पनि अमेरिकी सेना या अधिकारीलाई जिम्मेवार नठहर्याइने जनाएको छ। यस आक्रमणमा १० जनाको मृत्यु भएको थियो।
यो आक्रमण त्यतिबेला गरियो जतिबेला अमेरिका अफगानिस्तान छाड्ने प्रकृयाको अन्तिम दौडमा थियो र तालिबानको नियन्त्रणमा आएको थियो।
यस एयर स्ट्राइकमा एक सहायताकर्मी र उनका परिवारका नौ सदस्य मारिएका थिए जसमा सात बालबालिका सामेल थिए।
अमेरिकी जासुसी संस्थाले सहायताकर्मीको कार इस्लामिक स्टेटको स्थानीय शाखा आईएससँग सम्बन्धित थिए।
तर यसपछि अमेरिकी सेन्ट्रल कमाण्डका जनरल केनेथ मैकेन्जीले २९ अगस्टमा भएको स्ट्राइकलाई 'दु:खद् गल्ती' भएको बताएका थिए।
गत महिना एक उच्च स्तरीय आन्तरिक समीक्षाबाट यो घटनामा अनुशासनात्मक कारबाहीको कुनै जरुरत नभएको बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।