काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपी अछामी र सचेकमा गंगा बेल्बासे र सचिवमा रामनारायण विडारीलाई बनाउने निर्णय गरेको छ।
माओवादी केन्द्रको बिहान १० बजे सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतको जिम्मेवारी तोकेको हो। राष्ट्रिय सभा सदस्य अछामी, बेल्बासे र बिडारीलाई नयाँ जिम्मेवारी दिएको हो।
यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड बनाउने निर्णयसमेत गरेको छ। संसदीय दलको बैठकमा प्रचण्डले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन प्रचण्डले निर्देशन दिएका छन्। सर्वदलीय बैठक बसेर संसदको अवरोध हटाउन पहल गर्ने समेत निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।