काठमाडौं- गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण चाकस्सीबारी पुगेका छन्।
सभापतिका उम्मेदवार प्रकाशमान सिंहसँगको भेटका लागि खाण उनको निवासमा पुगेका हुन् ।
सोमबार सम्पन्न निर्वाचनको ४०३ मत मात्रै गन्न बाँकी रहदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सर्वाधिक २०४६ मत पाएका छन्। शेखर कोइरालाले १६१५ मत पाएका छन्।
जितका लागि आवश्यक पर्ने ५० प्रतिशत बढी मत कटाउनु पर्ने सम्भावना टर्दै जाँदा देउवा निकट खाण सभापतिका अर्का उम्मेदवार सिंहलाई भेट्न गएका हुन् ।
दोस्रो चरणमा मतदान हुने देखिएपछि खाण देउवा पक्षमा सहयोग गर्न आग्रह गर्दै सिंहलाई भेट्न पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।