काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ। अब मतगणनाको तयारी थालिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
मतदान सकिएपछि मतदान केन्द्रको मुचुल्का उठाइ, मतपेटीकाहरु सिलबन्दी गरेर मतगणनास्थलमा ल्याइएको छ।
मतगणनास्थलमा आवश्यक सबै तयारी पूरा गरेर सभापति पदको मतगणना सुरु हुनेछ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलका अनुसार केन्द्रीय समितिका १३२ पदका लागि भएको मतदानमा ४ हजार ६७९ जनाले मतदान गरेका छन्। कूल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ६४ जनाले भने मतदान गरेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।