काठमाडौं– भारतको जम्मु र कश्मीरको श्रीनगरको जेवानमा रहेको आतंकवादीहरूले प्रहरीको गाडीमा गोली चलाउँदा दुई प्रहरी जवानको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएका छन्।
सोमबार पुलिस क्याम्प नजिकै गोली चलेको हो। घाइते जवानहरूको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर जोन प्रहरीले जनाएको छ।
नगरको पान्थाचोक क्षेत्रमा भएको आक्रमणमा परी एक असई र एक सिलेक्शन ग्रेड हवल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउँन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।