काठमाडौं– विश्व हिन्दु महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेपालकी अस्मिता भण्डारीलाई दिइएको छ।
अघिल्लो कार्यकालमा महासंघको महासचिव रहेकी भण्डारीलाई महासंघको अन्तर्राष्ट्रिय महासभाले महासंघले अन्तर्राष्ट्रिय समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।
अन्तर्राष्ट्रियको विधानअनुसार प्रत्येक ५ वर्षमा गरिने महासम्मेलन तथा महासभा मंसिर २४ देखि २६ काठमाडौंमा आयोजना गरिएको थियो। उक्त सम्मेलनमा भण्डारीलाई अध्यक्ष बनाउने प्रस्ताव आएको थियो।
महासंघको अध्यक्षको उम्मेदवारलाई प्रस्तावक र समर्थकमध्ये विदेशको एउटा च्याप्टरले समर्थन गर्नुपर्ने भएकोले समर्थन नजुटेपछि विवाद नै सृजना भएको थियो।
सम्मेलनको उद्घाटन सत्रमा भारत च्याप्टरको तर्फबाट गोरक्ष पीठाधीश्वर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भण्डारीलाई अध्यक्ष प्रस्ताव गर्दै समर्थन गरे पनि अध्यक्षका अर्का प्रत्यासी किशोर गौतमका पक्षधरहरूले सम्मेलनका अतिथिहरूलाई हातपात गर्ने प्रयास गरेपछि सम्मेलन नै केहीबेरका लागि स्थगित भएको थियो।
तर,बहुमतका साथ महासभा पुनः सञ्चालन भएर वृहत् छलफलपछि महासचिवको कार्यकाल सफलतापूर्वक सञ्चालन गरेको भन्दै भण्डारीलाई नै अर्को व्यवस्था नभएसम्म महासभाबाट सर्वसम्मतिले कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।
काठमाडौंमा सम्पन्न महासभामा चारै सम्प्रदायका धर्मगुरुहरू सहभागी थिए। श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, सस्थापक सदस्य रहेको सस्था विश्व हिन्दु महासंघ नेपालको महभा हरेक ५ वर्षमा हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।