काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडको भेट युइएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा हुने पक्का भएको छ।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सोमबार सार्वजनिक गरेको तालिका अनुसार सर्जियो रामोस सम्मेलित पीएसजी र उनको पूर्व स्पेनिस क्लब रियल अन्तिम १६ मा भिड्ने भएका हुन्।
रियलका पूर्वकप्तान तथा चार पटकका च्याम्पियन्स लिग विजेता रामोस फ्रेन्च हेभिवेट पीएसजीमा यसै सिजन अनुबन्धित भएका थिए।
रामोसले २०२३ सम्मका लागि पीएसजीसँग सम्झौता गरेका छन्। रियलमा १६ वर्ष बिताएर चार च्याम्पियन्स लिगसँगै पाँच ला लिगा र चार क्बल विश्वकप जितेका रामोसले एक्कासी क्लब छाड्ने निर्णय गरेका थिए।
साविकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने एथ्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ। यता, भिल्लारियलले युभेन्टस तथा वायर्न म्युनिखले साज्लबर्गसँग खेल्ने छ।
लिभरपुलले इन्टर मिलान, आयाक्सले बेन्फिाका तथा स्पोर्टिङ सीपीले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ।
राउन्ड अफ १६ को नयाँ ड्र :
वायर्न म्युनिखविरुद्ध एफसी साल्जबर्ग
म्यानचेस्टर सिटीविरुद्ध स्पोर्टिङ सीपी
आयाक्सविरुद्ध बेन्फिका
चेल्सीविरुद्ध लिल
एट्लेटिको मड्रिडविरुद्ध म्यानचेस्टर युनाइटेड
युभेन्टसविरुद्ध भिल्लारियल
लिभरपुलविरुद्ध इन्टर मिलान
रियल मड्रिडविरुद्ध पेरिस सेन्ट जर्मेन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।