काठमाडौं– युइएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ‘ड्र’ पुन: गरिने भएको छ।
सोमबार सार्वजनिक गरेको ‘ड्र’ मा प्राविधिक समस्या देखिएको भन्दै युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले पुनः ‘ड्र’ गरिने जानकारी दिएको हो।
‘आज गरिएको ‘ड्र’मा प्राविधिक समस्या देखिएको छ। अर्को ‘ड्र’ आज नै सार्वजनिक गरिने छ,’युइएफएले भनेको छ।
यसअघि गरिएको ‘ड्र’ अनुसार लिओनल मेसी सम्मेलित पेरिस सेन्ट जर्मेन (पीएसजी) र क्रिस्ट्रियानो रोनाल्डो सम्मेलित म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा भिड्ने पक्का भएको थियो।
यता, साविकको विजेता चेल्सीले लिलेसँग, रियल मड्रिडले बेन्फिाकासँग, म्यानचेस्टर सिटीले भिल्लारियल तथा वायर्न म्युनिखले एथ्लेटिको मड्रिडसँग खेल्ने तय थियो।
यस्तै, लिभरपुलले साज्लबर्ग, इन्टरले आयाक्स तथा युभेन्टसले स्पोर्टिङ सीपीसँग खेल्ने तय थियो।
तर, ‘ड्र’ सार्वजनिक गर्दा भिल्लारियलविरुद्ध खेल्ने टोलीको नाम निकाल्दै गर्दा गल्तीले युनाइटेडको नाम रहेको बल पर्न पुगेको थियो। जुन खेल समूह चरणमै भइसकेको थियो। उक्त ‘ड्र’लाई रद्द गरिएको थियो।
युनाइटेड र भिल्लारियलको भेट अन्तिम १६ मै हुने भएपछि कुनै अर्को बललाई पोटमा राख्नुपर्ने थियो।
त्यसरी राख्दा भिल्लारियलविरुद्ध खेल्ने टोली फरक पर्न जान्थ्यो। यसरी पूरा ‘ड्र’ समिकरण नै छुट्टै हुने थियो। तर, पछि गरिएको ‘ड्र’ मा युनाइटेडलाई पीएसजी र भिल्लारियललाई सिटीको प्रतिद्धन्द्धी बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।