• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्केटबोर्डिङ खेलाडीका दुःख : समाजको नजर नै नकारात्मक!

64x64
दीप सुवेदी मंगलबार, पुस ६, २०७८  ०७:०३
1140x725

काठमाडौं– कतिपय देशमा चर्चा कमाइसकेको खेल स्केटबोर्डिङ नेपालमा फाट्टफुट्ट खेलिन्थ्यो। खेलाडी संगठित थिएनन्। सन् २०१५ मा 'नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघ' गठन भएपछि गजेन्द्र बर्देवाजस्ता खेलाडीले अवसर पाउन थाले।

त्यसअघिसम्म यो खेललाई मनोरञ्जनको रूपमा लिइन्थ्यो। संघ स्थापनापछि प्रतियोगिताहरू हुन थाले। गजेन्द्र राष्ट्रिय च्याम्पियन नै भए। तर, अझै पनि यो खेलको खास चर्चा हुँदैन। न त खेलाडीको रूपमा चिनिन्छन्। त्यहीकारण लकडाउनको समयमा आफूहरूले अभ्यास गर्न नपाएको उनी बताउँछन्।

गजेन्द्रलाई स्केटबोर्डिङ गरिरहनुपर्ने, हरेक दिन अभ्यास गर्ने बानी थियो। तर, लकडाउनमा थुनिएपछि उकुसमुकुस भयो। केही दिन त घरभित्र बसे। त्यसरी थुनिइरहन सकेनन्। मनमा प्रश्न उठ्यो– आखिर कहिलेसम्म यसरी बस्ने? 

उनी केही साथीभाइसँग कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास गर्न निस्किने सोच बनाए। साथीभाइले साथ दिएनन्। त्यसपछि आफ्नै घरको बरन्डालाई स्केट पार्क बनाए। एक डेढ महिना त्यसरी नै अभ्यास गरे। तर, साँघुरो बरन्डाले उनलाई उकुसमुकुस मात्रै बनाएन भित्तातिर ठोक्किएर खेल जीवन नै गुम्ने चिन्ता भयो। अनि सडकमा निस्किने सोच बनाए।

एक दिन उनले आँट जुटाए। सडकमा निस्किएर स्केटबोर्डिङ गर्न थाले। स्केटबोर्ड भुईंमा राखेर उनले खेल्न मात्र के सुरु गरेका थिए प्रहरी आइहाले। ‘मैले सबै प्रोटोकल अपनाएको थिएँ। सडकमा अरु पनि थिए, उनीहरुलाई प्रहरीले हिँडडुलमा छुट दिएको थियो।’ उनी भन्छन्, ‘तर, प्रहरीले मलाई मेरो लुक्सको कारण दुर्व्यवहार गर्‍यो। ममाथि हातपात पनि भयो।’ 

उनले आफू स्केटबोर्डिङको राष्ट्रिय खेलाडी भएको कार्ड देखाए। नजिकिँदै गरेको प्रतियोगिताको लागि अभ्यास गर्न निस्किएको सुनाए। तर, प्रहरीले छुट नदिएपछि उनी निराश भएर फर्किए। सन् २०१५ मा स्केटबोर्डिङ संघ गठन भएपछि नै उनी फुटबल छाडेर यो खेलतर्फ होमिएका थिए। उनी जर्मनी, पोर्चुगल, स्पेनलगायत छिमेकी देश भारतका मुम्बई, दिल्ली तथा अन्य शहरमा आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्।

यही खेलले गर्दा उनले विदेशी खेलाडीसँग जोडिने अवसर मात्रै पाएनन् नेपाललाई विश्वसामु स्केटबोर्डिङबाट चिनाउने अवसर पनि प्राप्त गरे। तर, यस खेललाई अन्य देशमा सम्मानपूर्वक हेरिए पनि नेपालमा नकारात्मक दृष्टिकोण भएको उनी बताउँछन्। ‘नेपालमा अझै पनि कुलत र लागुऔषधमा फसिसकेका युवाहरूले मात्रै खेल्ने खेल भनेर बुझ्छन्। यसले हामीजस्ता खेलाडीलाई निरुत्साहित बनाउँछ,’ उनी भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

वास्तवमा स्केटबोर्डिङ त्यस्तो खेल हो, जसले सामान्य परिवारका बालबालिकालाई पनि आकर्षण गरिरहेको छ। भारतमा स्केटबोर्डिङ गर्नेको संख्या स्थिर दरमा बढ्दै गएको उनी बताउँछन्। सीमित स्रोतबाटै भारतीय स्केटबोर्डिङले ठूलो प्रगति गरेको छ। कुनै समय मुम्बई, दिल्ली, पुणे र बेङगलुरु जस्ता ठूला सहरका विद्यालयमा मात्रै सीमित स्केटबोर्डिङ अहिले ग्रामीण क्षेत्रमा पनि लोकप्रिय हुँदैछ। नेपाल सरकारले भने यो खेललाई नबुझ्दा भविष्यमा हुनसक्ने राम्रा खेलाडीको बाटो नै थुनिएको उनी बताउँछन्।

यो खेलका लागि मैदानको अभाव छ। ‘हामी कीर्तिपुरमा अभ्यास गर्छौं। त्यहीँ नजिकै आएर कतिपयले गाँजा तान्छन्, कुट्ने लखेट्ने पनि गर्छन्,’ उनी भन्छन्, ‘अभ्यास गर्ने वातावरण र मैदान दुवैको कमी छ।’ 

खेल संघ दर्ता भएपछि पहिलोपटक सन् २०१५ मै पोखरामा राष्ट्रिय प्रतियोगिता भएको थियो। प्रतियोगिताका लागि संघ पदाधिकारी आफैँले खर्च गरेका थिए।आर्थिक सकस भोगिरहेको संघले कोरोना सुरु हुनुअगाडि चार वटा प्रतियोगिता आयोजना गरेको थियो। तर, सरकारले सहयोग नगर्दा संघले गर्ने प्रतियोगिता प्रभावकारी हुन सकेका छैनन्। 

सरकारले जस पाउने खेललाई मात्रै आफ्नो प्राथमिकतामा राख्दा स्केटबोर्डिङ जस्तो नयाँ र संभावना बोकेको खेल छायाँमा परेको नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल बताउँछन्। ‘खेलकुद भन्ने बितिक्कै ओहदामा बसेकालाई विदेश जाने माध्यम मात्रै भएको छ। उनीहरू नयाँ खेललाई अवसर दिन नाक खुम्च्याउने गर्छन्,’ उनी भन्छन्, ‘अहिले पनि प्रमुख खेल फुटबल र क्रिकेट मात्रै हो भन्ने संकुचित सोच छ। यही सोचका कारण नयाँ र सम्भावना बोकेको खेलहरू छायाँमा पर्दै आएका छन्।’

Xtrem

Xtrem
नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल

नेपालमा करिब १९३ भन्दा बढी खेल संघ राष्ट्रिय खेलकुद परिसद् (राखेप)मा दर्ता छन्। कतिपय संघ आर्थिक अभावका कारण चल्न सकेका छैनन्। कतिपयलाई महत्व नदिँदा खारेज भएका छन्। कतिपय खेललाई भने विदेश घुम्ने माध्यम मात्र बनाइएको छ।

स्केटबोर्डिङले करिब ६ वर्षको इतिहास पार गर्दा स्तरीय मैदान बनाउन सकेको छैन। खेलाडीहरु सडक र खाली चौरमा अभ्यास गर्छन्। यसरी अभ्यास गर्दा दुर्घटनाको जोखिम हुन्छ। ‘हामीसँग स्केटबोर्डिङका लागि राम्रो ठाउँ नै छैन। भएको ठाउँमा पनि पूर्वाधार निर्माण गर्न सकेका छैनौं। क्रिकेट र फुटबलको जस्तो अर्बौंको लागत लाग्ने रंगशाला हामीलाई चाहिँने होइन। करिब ५० लाखमै स्केट पार्क बन्छ। त्यति बजेट पनि सरकारले व्यवस्था गरिदिँदैन,’ अध्यक्ष खनाल भन्छन्। बजेट अभावमा कतिपय खेलाडी आफ्नै खर्चमा प्रतियोगिताका लागि विदेश जाने गरेका छन्।

कुनै पनि खेलको लागि संघ आफैँले भौतिक पूर्वधार बनाउन सक्षम हुँदैन। यसका लागि सरकारले नै सहयोग गर्नुपर्छ। स्केटबोर्डिङलाई सरकारले सातदोबाटोमा जग्गा दिए पनि बजेट अभावमा पूर्वाधार बन्न सकेको छैन। यद्यपि, संघले स्केट पार्क बनाउन पोखरा, बुटवल र झापामा जग्गा छुट्टाइसकेको छ। 

झापामा विदेशी र निजी लगानीमा पार्क बन्दैछ। अन्य स्थानमा कहिले बन्ने हो टुङ्गो छैन। सातदोबाटोमा यसै वर्ष पार्क बन्ने संभावना रहेको खनाल बताउँछन्। ‘काठमाडौंमा यही वर्ष पार्क बन्छ भन्नेमा ढुक्क छु। सरकारी सहयोग नपाए पनि विदेशी एजेन्सीहरुले हामीलाई सहयोग गर्ने आश्वासन दिएका छन्,’ उनी भन्छन्, ‘विदेशमा च्यारिटी खेल खेलाएर भए पनि हामी सहयोग गर्छौं भनेर भनेका छन्।’

सरकारले सहयोग नगर्दा स्केटबोर्डिङका खेलाडीलाई लामो समय बन्द प्रशिक्षण राखेर अभ्यास गराउन नसकेको खनाल बताउँछन्। बन्द प्रशिक्षणको लागि खेलाडीलाई होस्टेलमा राखेर तयारी गराउन सक्ने आर्थिक हैसियत नभएको खनालको भनाइ छ। प्रतियोगिताका लागि खेलाडी छनौट गर्दा एक दुई दिनको मात्र प्रशिक्षण शिविर राख्ने गरेको उनी बताउँछन्। यसरी छनोट गरेको खेलाडीले ठूलो प्रतियोगितामा राम्रो नतिजा ल्याउन नसकेको खेलाडीहरुकै गुनासो छ। ‘संघसँग बजेट छैन। जति खर्च गरेको छु त्यो आफ्नो पकेटबाट हो। हाम्रो होस्टेल हुने हो भने बन्द प्रशिक्षण राख्न सक्छौं,’ खनाल भन्छन्। 

संघले खेलाडी उत्पादनको योजना बनाएको छ। उपत्यकाका निजी विद्यालयबाट झन्डै १२ सय खेलाडी जम्मा गरेर प्रशिक्षण दिने संघको योजना छ। यो योजना सफल भए भारत जस्तै नेपाल पनि स्केटबोर्डिङको हब बन्नसक्छ। तर, हाल भने भइरहेका खेलाडीलाई ‘एक्स्पोजर’को खाँचो छ। अहिले खेलिरहेका गजेन्द्रजस्तै केही खेलाडीले विदेशमा खेल्न पाएका छन्। तर, उनीजस्तै भविष्य बोकेका अन्य खेलाडीले एक्स्पोजर र प्रशिक्षण नै पाउन सकेका छैनन्। 


तस्बिरहरू: निमेषजंग राई

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्