काठमाडौं– वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक प्यालेस्टिनी मृत्यु भएको छ। सुरक्षा र चिकित्सा स्रोतहरूका अनुसार सोमबार बिहान भएको झडपमा जमील अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति मारिएका हुन्।
नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।