काठमाडौं- एनएमबि बैंकले ग्राहकलाई भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्दा २५ सय रुपैयाँ वा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।
उक्त योजनाअन्तर्गत ओम्नि च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत् गरिने पहिलो कारोबारजस्तै दैनिक उपभोग्यवस्तु खरिद, विद्यायलको शुल्क, टप अप लगायतमा दुई हजार ५०० रुपैयाँ वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जानकारी दिएको छ।
एनएमबिले भिडियो केवाईसी, भिडियो कलमा आधारित पाँच मिनेटमै देश/विदेशबाट खाता खोलेर कारोबार गर्न सकिने योजना ल्याएको हो।
‘एनएमबिले ग्राहकहरूका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुआत गर्दै छ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाइ मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन्,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।