• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

एक रुपैयाँको सेयर नभएका विरुमुथुलाई एनएमबि बैंकले बनाइदियो ५० लाख कित्ताको मालिक

64x64
नारायण अधिकारी सोमबार, मंसिर २७, २०७८  १८:४४
1140x725

काठमाडौं- भारतीय नागरिक शिवम विरुमुथु ठगी प्रकरणमा एनएमबि बैंकसमेत मुछिएको पाइएको छ। मलेसियन मुलका भारतीय नागरिक शिवम विरुमुथुबाट भएको ठगीको अनुसन्धानको क्रममा काठमाडौंस्थित एनएमबि बैंक जोडिएको हो।

विभिन्न प्रलोभन देखाएर झण्डै ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका ४४ वर्षीय विरुमुथुमाथिको अनुसन्धानका क्रममा ठगीको मुख्य ‘मतियार’ एनएमबि बैंक रहेको खुलेको छ। विरुमुथु ठगी प्रकरणमा जोडिएपछि एनएमबिका कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ। 

विरुमुथुको ठगीको मुख्य माध्यम नै एनएमबि बैंकले बनाइदिएको सेयर प्रमाणपत्र रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले नेपाल लाइभसँग भन्यो, ‘ठगी गर्नका लागि मान्छेलाई विश्वास त दिलाउनुपर्‍यो। त्यसका लागि एनएमबि बैंकले बनाइदिएको सेयर प्रमाणपत्र प्रयोग भएको देखिएको छ।’

एक रुपैयाँको सेयर नभएकालाई एनएमबिले बनाइदियो ५० लाख कित्ताको मालिक
प्रहरीका अनुसार विरुमुथुले एनएमबि बैंकको सेयर स्वामित्वसँग सम्बन्धित कागजात देखाएर नै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए। ती कागजातमा विरुमुथु एनएमबि बैंकको १५ प्रतिशत अर्थात् ५० लाख कित्ता सेयरको ‘मालिक’ रहेको उल्लेख छ। 

महानगरीय अपराध महाशाखाले कात्तिक २३ गते बालुवाटारबाट विरुमुथुलाई पक्राउ गर्दा उनीबाट एनएमबि बैंकमा १५ प्रतिशत सेयर रहेको जनाउने प्रमाणपत्र फेला पारेको थियो। एनएमबिको लेटर हेडमा मलेसियन कम्पनी योङ लियानलाई बोधार्थ दिएर लेखिएको पत्र (प्रमाणपत्र)मा शिवम विरुमुथु उक्त कम्पनीको सीईओ भनिएको छ। उक्त पत्रमा विरुमुथुसँग बैंकको १५ प्रतिशत अर्थात् ५० लाख कित्ता सेयरको स्वामित्व रहेको उल्लेख छ। 

प्रहरीले पत्रबारे अनुसन्धान गर्ने क्रममा मलेसियन कम्पनी योङ लियानलाई इमेल लेखेर विरुमुथु उक्त कम्पनीको सीईओ भए/नभएकोबारे जानकारी मागेको थियो। जवाफमा कम्पनीले विरुमुथुसँग कुनै साइनो नरहेको बताएपछि उनी आफैंले नक्कली कागजात बनाएको हुनसक्ने प्रहरीले आशङ्‍का गरेको थियो। 

त्यसपछि उक्त प्रमाणपत्रको सत्यता जाँच गर्न प्रहरीले एनएमबि बैंकलाई पत्र लेखेको थियो। पहिलो पत्रको चित्तबुझ्दो जवाफ प्रहरीले पाएन। त्यसपछि पुनः दोस्रो पत्र लेखियो। तर, दोस्रो पत्रमा पनि बैंकले चित्तबुझ्दो जवाफ दिएन। 

‘सामान्य मानवीय त्रुटीले त्यस्तो भएको हुनसक्छ भन्ने मात्रै जवाफ बैंकबाट आयो,’ एक अनुसन्धान अधिकारीले भने, ‘त्यसपछि हामीले तस्रो पत्र लेख्दै यसको आधिकारिकता र विरुमुथुलाई दिएको सेयर प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारीको बारेमा सोधेपछि बल्ल बैंककै बद्‍मासी खुल्यो।’

nimb
nimb
Ncell 2
Ncell 2

एनएमबि बैंकको लेटरहेडमा जारी भएको उक्त पत्र सक्कली नै रहेको प्रहरी अनुसन्धानमा खुल्यो। उक्त पत्रमा हस्ताक्षर गर्ने एनएमबि बैंककै कर्मचारी सञ्जिव महर्जन रहेको पाइएपछि उनलाई समेत प्रतिवादी बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताए। 

एनएमबि बैंकमा मलेसियन कम्पनी योङ लियानको १५ प्रतिशत सेयर स्वामित्व छ। उक्त कुरा थाहा पाएपछि विरुमुथुले नै बैंकलाई उक्त कागजात बनाउन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। विरुमुथुले आफू योङ लियानको सीईओ रहेको र आफूलाई सम्बोधन गरेर १५ प्रतिशत सेयर रहेको प्रमाणपत्र बनाउन लगाएका थिए। बैंकले पनि क्रस चेक नगरी विरुमुथुले भनेझैं सेयर प्रमाणपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ। 

प्रहरी स्रोतका अनुसार बैंकका कर्मचारी सञ्जिवलाई उच्च तहका कर्मचारीले विरुमुथुको नाममा जारी पत्र (प्रमाणपत्र)मा हस्ताक्षर गर्न लगाएका थिए। आफूभन्दा माथिल्लो तहका कर्मचारीको दबाबपछि सञ्जिवले हस्ताक्षर गरेका थिए। तर, प्रहरीले भने माथिल्लो तहका ती कर्मचारीमाथि अनुसन्धान प्रक्रिया अगाडि नै बढाएन। 

नेपाल प्रहरीका एक पूर्वडीआईजी पनि यस्ता प्रकारका घटनामा तल्लो तहका कर्मचारीको मात्रै संलग्नता हुन्छ भनेर विश्वास गर्न नसकिने बताउँछन्। ती पूर्वडीआईजीका अनुसार बैंकको १५ प्रतिशत सेयर स्वामित्व रहेको जनाउन दिने पत्र जारी गर्नेबारे बैंकको सञ्चालक समितिमै छलफल हुनुपर्ने हो। 

‘१५ प्रतिशत सेयर रहेको भन्ने कागजात एउटा सामान्य कर्मचारीले मात्रै बनाउन सक्दैन। यति महत्त्वपूर्ण कागजात बनाउन बैंकको उच्च तहमै छलफल भएर बन्नुपर्ने हो। तर, त्यता अनुसन्धान नगरी हस्ताक्षर गर्ने कर्मचारीलाई मात्रै प्रतिवादी बनाउनुले अनुसन्धान नै अपूर्ण रहेको संकेत गर्छ,’ ती पूर्वडीआईजी भन्छन्। 

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा प्रतिवादी बनाइएका बैंकका ती कर्मचारीसमेत अहिले फरार छन्। उनी पक्राउ पर्दा बैंकका अन्य कर्मचारीको पोल खुल्ने भएकाले बैंकले नै उनलाई फरार बनाएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ। बैंकका कर्मचारीसँगै विरुमुथुकी श्रीमती आस्मा केसी पनि फरार छिन्।

मणिपालको पार्टनर बनाइदिनेदेखि लियानको सीईओ बनाउनेसम्मको प्रलोभन
विरुमुथुबाट ठगिनेमध्ये एक जना चिकित्सक पनि छन्। पशुपतिका पूजारीमार्फत् चिनजान भएका ती चिकित्सकलाई पोखरास्थित मणिपाल अस्पतालको साझेदार बनाइदिने प्रलोभन देखाएर विरुमुथुले ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ। 

लोटस इन्भेस्टमेन्ट कम्पनीमा २७ करोड लगानी, व्यक्तिगत बैंक खातामा आठ करोड रुपैयाँ, स्टेट बैंक अफ इन्डियामा ठूलो रकम रहेको भन्ने कागजात देखाएर विरुमुथुले मणिपाल अस्पताल किन्न लागेको र त्यसका लागि डिल भइरहेको भन्ने गरेका थिए। आफूले अस्पताल किनेपछि त्यसमा पार्टनर (साझेदार) बनाइदिने भन्दै उनले ती चिकित्सकबाट ५० लाख रुपैयाँ लिएका थिए। 

उनले अर्का एक व्यक्तिलाई पनि मलेसियन कम्पनी योङ लियानको डाइरेक्टर बनाइदिने भन्दै ३९ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

आफ्नो नाममा विभिन्न पाँच वटा कम्पनी (सीएस काष्ठ उद्योग, श्री गोक्यो होटल, किङडम होल्डिङ्स, वडिया सर्भिसेज र सीतादेवी बिजनेस एण्ड सप्लायर्स) रहेको भन्दै उनले कागजातसमेत देखाउने गरेका थिए। यी कम्पनी विरुमुथुले आफ्नी श्रीमती आस्माको नाममा दर्ता गराएको खुलेको छ।

त्यसैगरी रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आईसीआरसीको निर्देशक, मिलेनियम ग्रुप सिङ्‍गापुरको निर्देशक, योङ लियानको सीईओ भएको भनेर नक्कली परिचय दिँदै आएका थिए। नेपालका उच्च पदस्थ कर्मचारीदेखि नेताहरुसँगसमेत राम्रो सम्बन्ध रहेको भन्ने देखाउन उनले विभिन्न नक्कली डकुमेन्ट बनाउनेदेखि नेता र कर्मचारीलाई एकतर्फी पठाएका मेसेजसमेत देखाउने गरेको खुलेको छ। 

नक्कली कागजात बनाएर ठगी गरेको पाएपछि लिखतसम्बन्धी कसुर र ठगीमा उनीविरुद्ध मुद्दा चलेको थियो। जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा राख्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागार पठाइएको एसपी मैनालीले बताए। विरुमुथु यसअघि २०७२ सालमा पक्राउ परी दुई वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवाना तिरेर रिहा भएका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
निरन्तर एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैय... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्