• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

एक रुपैयाँको सेयर नभएका विरुमुथुलाई एनएमबि बैंकले बनाइदियो ५० लाख कित्ताको मालिक

64x64
नारायण अधिकारी सोमबार, मंसिर २७, २०७८  १८:४४
1140x725

काठमाडौं- भारतीय नागरिक शिवम विरुमुथु ठगी प्रकरणमा एनएमबि बैंकसमेत मुछिएको पाइएको छ। मलेसियन मुलका भारतीय नागरिक शिवम विरुमुथुबाट भएको ठगीको अनुसन्धानको क्रममा काठमाडौंस्थित एनएमबि बैंक जोडिएको हो।

विभिन्न प्रलोभन देखाएर झण्डै ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका ४४ वर्षीय विरुमुथुमाथिको अनुसन्धानका क्रममा ठगीको मुख्य ‘मतियार’ एनएमबि बैंक रहेको खुलेको छ। विरुमुथु ठगी प्रकरणमा जोडिएपछि एनएमबिका कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ। 

विरुमुथुको ठगीको मुख्य माध्यम नै एनएमबि बैंकले बनाइदिएको सेयर प्रमाणपत्र रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले नेपाल लाइभसँग भन्यो, ‘ठगी गर्नका लागि मान्छेलाई विश्वास त दिलाउनुपर्‍यो। त्यसका लागि एनएमबि बैंकले बनाइदिएको सेयर प्रमाणपत्र प्रयोग भएको देखिएको छ।’

एक रुपैयाँको सेयर नभएकालाई एनएमबिले बनाइदियो ५० लाख कित्ताको मालिक
प्रहरीका अनुसार विरुमुथुले एनएमबि बैंकको सेयर स्वामित्वसँग सम्बन्धित कागजात देखाएर नै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए। ती कागजातमा विरुमुथु एनएमबि बैंकको १५ प्रतिशत अर्थात् ५० लाख कित्ता सेयरको ‘मालिक’ रहेको उल्लेख छ। 

महानगरीय अपराध महाशाखाले कात्तिक २३ गते बालुवाटारबाट विरुमुथुलाई पक्राउ गर्दा उनीबाट एनएमबि बैंकमा १५ प्रतिशत सेयर रहेको जनाउने प्रमाणपत्र फेला पारेको थियो। एनएमबिको लेटर हेडमा मलेसियन कम्पनी योङ लियानलाई बोधार्थ दिएर लेखिएको पत्र (प्रमाणपत्र)मा शिवम विरुमुथु उक्त कम्पनीको सीईओ भनिएको छ। उक्त पत्रमा विरुमुथुसँग बैंकको १५ प्रतिशत अर्थात् ५० लाख कित्ता सेयरको स्वामित्व रहेको उल्लेख छ। 

प्रहरीले पत्रबारे अनुसन्धान गर्ने क्रममा मलेसियन कम्पनी योङ लियानलाई इमेल लेखेर विरुमुथु उक्त कम्पनीको सीईओ भए/नभएकोबारे जानकारी मागेको थियो। जवाफमा कम्पनीले विरुमुथुसँग कुनै साइनो नरहेको बताएपछि उनी आफैंले नक्कली कागजात बनाएको हुनसक्ने प्रहरीले आशङ्‍का गरेको थियो। 

त्यसपछि उक्त प्रमाणपत्रको सत्यता जाँच गर्न प्रहरीले एनएमबि बैंकलाई पत्र लेखेको थियो। पहिलो पत्रको चित्तबुझ्दो जवाफ प्रहरीले पाएन। त्यसपछि पुनः दोस्रो पत्र लेखियो। तर, दोस्रो पत्रमा पनि बैंकले चित्तबुझ्दो जवाफ दिएन। 

‘सामान्य मानवीय त्रुटीले त्यस्तो भएको हुनसक्छ भन्ने मात्रै जवाफ बैंकबाट आयो,’ एक अनुसन्धान अधिकारीले भने, ‘त्यसपछि हामीले तस्रो पत्र लेख्दै यसको आधिकारिकता र विरुमुथुलाई दिएको सेयर प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारीको बारेमा सोधेपछि बल्ल बैंककै बद्‍मासी खुल्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

एनएमबि बैंकको लेटरहेडमा जारी भएको उक्त पत्र सक्कली नै रहेको प्रहरी अनुसन्धानमा खुल्यो। उक्त पत्रमा हस्ताक्षर गर्ने एनएमबि बैंककै कर्मचारी सञ्जिव महर्जन रहेको पाइएपछि उनलाई समेत प्रतिवादी बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताए। 

एनएमबि बैंकमा मलेसियन कम्पनी योङ लियानको १५ प्रतिशत सेयर स्वामित्व छ। उक्त कुरा थाहा पाएपछि विरुमुथुले नै बैंकलाई उक्त कागजात बनाउन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। विरुमुथुले आफू योङ लियानको सीईओ रहेको र आफूलाई सम्बोधन गरेर १५ प्रतिशत सेयर रहेको प्रमाणपत्र बनाउन लगाएका थिए। बैंकले पनि क्रस चेक नगरी विरुमुथुले भनेझैं सेयर प्रमाणपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ। 

प्रहरी स्रोतका अनुसार बैंकका कर्मचारी सञ्जिवलाई उच्च तहका कर्मचारीले विरुमुथुको नाममा जारी पत्र (प्रमाणपत्र)मा हस्ताक्षर गर्न लगाएका थिए। आफूभन्दा माथिल्लो तहका कर्मचारीको दबाबपछि सञ्जिवले हस्ताक्षर गरेका थिए। तर, प्रहरीले भने माथिल्लो तहका ती कर्मचारीमाथि अनुसन्धान प्रक्रिया अगाडि नै बढाएन। 

नेपाल प्रहरीका एक पूर्वडीआईजी पनि यस्ता प्रकारका घटनामा तल्लो तहका कर्मचारीको मात्रै संलग्नता हुन्छ भनेर विश्वास गर्न नसकिने बताउँछन्। ती पूर्वडीआईजीका अनुसार बैंकको १५ प्रतिशत सेयर स्वामित्व रहेको जनाउन दिने पत्र जारी गर्नेबारे बैंकको सञ्चालक समितिमै छलफल हुनुपर्ने हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘१५ प्रतिशत सेयर रहेको भन्ने कागजात एउटा सामान्य कर्मचारीले मात्रै बनाउन सक्दैन। यति महत्त्वपूर्ण कागजात बनाउन बैंकको उच्च तहमै छलफल भएर बन्नुपर्ने हो। तर, त्यता अनुसन्धान नगरी हस्ताक्षर गर्ने कर्मचारीलाई मात्रै प्रतिवादी बनाउनुले अनुसन्धान नै अपूर्ण रहेको संकेत गर्छ,’ ती पूर्वडीआईजी भन्छन्। 

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा प्रतिवादी बनाइएका बैंकका ती कर्मचारीसमेत अहिले फरार छन्। उनी पक्राउ पर्दा बैंकका अन्य कर्मचारीको पोल खुल्ने भएकाले बैंकले नै उनलाई फरार बनाएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ। बैंकका कर्मचारीसँगै विरुमुथुकी श्रीमती आस्मा केसी पनि फरार छिन्।

मणिपालको पार्टनर बनाइदिनेदेखि लियानको सीईओ बनाउनेसम्मको प्रलोभन
विरुमुथुबाट ठगिनेमध्ये एक जना चिकित्सक पनि छन्। पशुपतिका पूजारीमार्फत् चिनजान भएका ती चिकित्सकलाई पोखरास्थित मणिपाल अस्पतालको साझेदार बनाइदिने प्रलोभन देखाएर विरुमुथुले ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ। 

लोटस इन्भेस्टमेन्ट कम्पनीमा २७ करोड लगानी, व्यक्तिगत बैंक खातामा आठ करोड रुपैयाँ, स्टेट बैंक अफ इन्डियामा ठूलो रकम रहेको भन्ने कागजात देखाएर विरुमुथुले मणिपाल अस्पताल किन्न लागेको र त्यसका लागि डिल भइरहेको भन्ने गरेका थिए। आफूले अस्पताल किनेपछि त्यसमा पार्टनर (साझेदार) बनाइदिने भन्दै उनले ती चिकित्सकबाट ५० लाख रुपैयाँ लिएका थिए। 

उनले अर्का एक व्यक्तिलाई पनि मलेसियन कम्पनी योङ लियानको डाइरेक्टर बनाइदिने भन्दै ३९ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

आफ्नो नाममा विभिन्न पाँच वटा कम्पनी (सीएस काष्ठ उद्योग, श्री गोक्यो होटल, किङडम होल्डिङ्स, वडिया सर्भिसेज र सीतादेवी बिजनेस एण्ड सप्लायर्स) रहेको भन्दै उनले कागजातसमेत देखाउने गरेका थिए। यी कम्पनी विरुमुथुले आफ्नी श्रीमती आस्माको नाममा दर्ता गराएको खुलेको छ।

त्यसैगरी रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आईसीआरसीको निर्देशक, मिलेनियम ग्रुप सिङ्‍गापुरको निर्देशक, योङ लियानको सीईओ भएको भनेर नक्कली परिचय दिँदै आएका थिए। नेपालका उच्च पदस्थ कर्मचारीदेखि नेताहरुसँगसमेत राम्रो सम्बन्ध रहेको भन्ने देखाउन उनले विभिन्न नक्कली डकुमेन्ट बनाउनेदेखि नेता र कर्मचारीलाई एकतर्फी पठाएका मेसेजसमेत देखाउने गरेको खुलेको छ। 

नक्कली कागजात बनाएर ठगी गरेको पाएपछि लिखतसम्बन्धी कसुर र ठगीमा उनीविरुद्ध मुद्दा चलेको थियो। जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा राख्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागार पठाइएको एसपी मैनालीले बताए। विरुमुथु यसअघि २०७२ सालमा पक्राउ परी दुई वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवाना तिरेर रिहा भएका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्