काठमाडौं– लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको भेट युइएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा हुने पक्का भएको छ।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सोमबार सार्वजनिक गरेको तालिका अनुसार मेसी सम्मेलित पेरिस सेन्ट जर्मेन (पीएसजी) र रोनाल्डो सम्मेलित म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा भिड्ने भएका हुन्।
मेसी यसै सिजन स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रेन्च क्लब पीएसजी पुगेका थिए। यस्तै, रोनाल्डो इटालियन क्लब युभेन्टस छाडेर इङ्ग्लिस क्लब युनाइटेड पुगेका थिए।
रोनाल्डो च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। उनले हालसम्म १ सय ४१ गोल गरेका छन्। यस्तै, ५ पटक च्याम्पियन्स लिग जितेका छन्।
यता, यसैगरी मेसी दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय २५ गोल गरेका छन् भने ४ पटक युरोपियन च्याम्पियन्स लिग जितेका छन्।
साविकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने रियल मड्रिडले बेन्फिाका खेल्ने छ।
यता, म्यानचेस्टर सिटीले भिल्लारियल तथा वायर्न म्युनिखले एथ्लेटिको मड्रिडसँग खेल्ने छ। यस्तै, लिभरपुलले साज्लबर्ग, इन्टरले आयाक्स तथा युभेन्टसले स्पोर्टिङ सीपीसँग खेल्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।