फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित नेता कमल थापाले महाधिवेशनमा निर्मलनिवासमा भएको अस्तक्षेप छानविन हुनुपर्ने माग गरेका छन्।
उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै पार्टीको बृहत्तर हित र एकताको पक्षमा मन, वचन र कर्मले प्रतिबद्ध भएको दाबी गरेका छन्।
‘पार्टीमा मेरो रगत पसिना बगेको छ। मलाई राप्रपाको धेरै माया छ। पार्टीका हजारौं कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ,’ उनले पत्रमा लेखेका छन्, ‘पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मलनिवासको योजनाकाबारे पार्टीभित्र बहस सुरू गर्नुहोस्।’
थापा लिङ्देनसँग निर्वाचनमा पराजित भएका थिए। पराजयसँगै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हारको दोष दिएका थिए। उनले निर्मलनिवासको हस्तक्षेपका कारण आफू पराजित हुनुपरेको दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।