काठमाडौं– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षका लागि पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आधा दर्जन नेताले आकांक्षा देखाएका छन्। पूर्व मुख्यमन्त्रीसहित धेरै नेताहरुले प्रदेश अध्यक्षमा आकांक्षा राखेपछि सर्वसम्मत प्रदेश अध्यक्ष चयन हुन नसकेको एक नेताले बताए।
प्रदेश अध्यक्षका लागि शाहीसहित केन्द्रीय सदस्य रामदीप आचार्य, नरेश भण्डारी, कालिबहादुर मल्ललगायतले आकांक्षा राखेका छन्। यस्तै प्रदेश सभा सांसद कृष्णा केसी, विन्दमान विष्टलगायतले अध्यक्ष हुन पाउनुपर्ने माग राखेका छन्। यस्तै प्रदेश अध्यक्ष राजकुमार शर्माले आफू पुनः अध्यक्षमा दोहोरन पाउनु पर्ने बताए।
यस्तै प्रदेश सदस्यमा बस्न चाहनेको संख्या धेरै भएपछि पार्टी सदस्य संख्याका आधारमा राख्न पाउने व्यवस्था गरिएको छ। जुन जिल्लामा जति पार्टी सदस्य छन्। त्यसै आधारमा प्रदेश सदस्य हुन पाउने मापदण्ड बनाएको छ।
त्यसो भएमा पश्चिम रुकुम, जाजारकोट र सल्यानबाट प्रदेश सदस्य पर्ने सम्भावना बढी देखिएको छ। प्रदेश पदाधिकारी टुंगो लगाउन इन्चार्ज शक्तिबहादुर बस्नेतलाई जिम्मा लगाएर स्थायी समिति सदस्य एवम् संगठन विभाग प्रमुख जनार्दन शर्मा काठमाडौं फर्किसकेका छन्। आज कर्णाली प्रदेशले पदाधिकारी र सदस्यको टुंगो लगाउन सक्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।