काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ९ अंक घटेको छ।
सातको पहिलो कारोबार दिन आइतबार ८८.७३ अंक घटेर २३६१.२४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.३१ अंक घटेर २३५१.९३ विन्दुमा झरेको छ। प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स २.३६ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ३२ लाख १० हजार २५१ रुपैयाँ बराबरको ५ हजार ५१२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।