काठमाडौं– आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको हालै सम्पन्न बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांशमा १९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपश्चात् लघुवित्तको चुक्ता पूँजी ११ करोड ९० लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।