काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने कुरा झुटो भएको उनका छोराले बताएका छन्।
पौडेलपुत्र चिन्तन पौडेलले आफ्ना बुवाले सभापतिमा देउवालाई समर्थन गरेको भनेर प्रकाशित समाचारको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको बताएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) स्रोतले उनको भनाइ भनेर सञ्चारमाध्यमलाई दिएको जानकारीसमेत गलत भएको भन्दै चिन्तनले आपत्ति जनाएका हुन्।
‘मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमात्मक हो’ उनले भनेका छन्,‘त्यसैले मलाई कोट गरेर भनिएको कुरा गलत हो। यस्ता गलत प्रचार नगर्न अनुरोध गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।