काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेश एकको अध्यक्षमा पार्टी केन्द्रीय सदस्यहरुले नै दाबी गरिरहेका छन्। प्रदेश एकको अध्यक्षका लागि हेमराज भण्डारी, सुदन किराँती, सुरेशकुमार राईले दाबी गरेका छन्।
केन्द्रीय नेताहरुले नै दाबी नछोड्दा सहमति हुन सकेको छैन। अध्यक्षमा सहमति हुन नसक्दा प्रदेश समितिमात्रै घोषणा भएको छ।
प्रदेश अध्यक्ष सहित पदाधिकारीका लागि प्रदेश समितिमात्रै बसेर सहमतिको प्रयास गरिने एक नेताले बताए। ‘प्रदेश अध्यक्षका लागि पार्टी केन्द्रीय सदस्यले दाबी छोड्नु भएको छैन, ती नेताले भने, ‘आज प्रदेश समिति मात्रै बसेर छलफल गर्ने भनिएको छ।’
आजको बैठकबाट सर्वसम्मत पदाधिकारी बनाउन प्रयास गरिने उनले बताए। ‘यदि सहमति नभए मतदानबाट टुंगो लगाउने तयारी छ,’ ती नेताले भने।
तीन केन्द्रीय सदस्यले दाबी नछाडे सुरेशकुमार राई नै अध्यक्षमा दोहोरिने सम्भावना देखिएको छ।
यस्तै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आइतबार बन्दसत्र र प्रतिबेदनमा छलफल भएकाले आज पदाधिकारी चयन र प्रदेश समिति चयनमा प्रबेश गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।