काठमाडौं– फ्रेन्च लिग वानअन्तर्गत पिएसजीले सहज जित हात पारेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले मोनाकोलाई २–० गोल अन्तरले पराजित गरेको हो।
पिएसजीको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका थिए। पहिलो गोल खेलको १२औं मिनेटमा पेनाल्टीमार्फत गरेका एम्बाप्पेले दोस्रो गोल खेलको ४५औ मिनेटमा गरेका थिए। उनले लियोनेल मेसीको असिस्टमा गरेका थिए।
जितसँगैशिर्ष स्थानमा रहेको पिएसजीको लिग वानमा १३ अंकको अग्रता भएको छ। पिएसजीको १८ खेलबाट ४५ अंक जोडेकोछ भने
पराजित मोनाको १८ खेलबाट २६ अंक जोडेर तालिकाको आठौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।