काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको पहिलो ‘मड्रिड डर्वी’ मा रियल मड्रिड विजयी भएको छ।
घरेलु मैदानमा सम्पन्न खेलमा रियलले एट्लेटिको मड्रिडलाई २–० ले पराजित गरेको हो।
सान्टियागो बर्नबेउमा आइतबार राति सम्पन्न खेलमा रियलका कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे। रियलले पहिलो र दोस्रो हाफमा एक÷एक गोल गरेको थियो।
जितसँगै रियलले १७ खेलबाट ४२ अंक जोडेको छ। पराजित एट्लेटिको भने १६ खेलबाट २९ अंकमात्र रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।