काठमाडौं– आज देशभर आशिंक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभरको मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिल देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेकोे महाशाखाले जनाएको छ।
आज दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।