काठमाडौं- नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश सम्मेलनबाट २१७ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको छ।
पदाधिकारी सोमबार प्रदेश कमिटीले टुङ्गो लगाउने केन्द्रीय सदस्य जीवन गौतमले बताए।
प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज शर्मा डाइमन दीपेन्द्र पुन सिजलले दाबी गरेका छ्न्। दुवै नेता केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्ष हुन तयार भएका छ्न्।
शर्मा र पुन प्रतिस्पर्धा गरेमा प्रदेश अध्यक्षमा प्रदेश अध्यक्ष सुदर्शन बराल हुनसक्ने आकलन गरिएको छ। प्रदेश सम्मेलन दाङको भालुवाङमा शनिबार उद्घाटन भएको थियो। अध्यक्षमा सर्वसम्मत हुन नसकेपछि सोमबार प्रदेश समितिमा भएको सदस्यबाट टुङ्गो लगाइने भएको छ।
पदाधिकारी अध्यक्षसहित नौ सदस्यीय हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।