• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक : मनोनीतदेखि नेताहरुको जिम्मेवारी बाँडफाटसम्म

64x64
नेपाल लाइभ आइतबार, मंसिर २६, २०७८  २२:१९
1140x725

काठमाडौं- चितवनमा सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आइतबार सकिएको छ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिबारदेखि सुरु भएको बैठक विभिन्न १५ अजेण्डामा छलफल गर्दै सम्पन्न भएको हो। बैठकले केन्द्रीय कमिटीमा विधानअनुसार मनोनीत गर्नुपर्ने १० प्रतिशत केन्द्रीय सदस्यसहित महत्त्वपूर्ण निर्णय गरेको छ।

आइतबार सम्पन्न भएको बैठकले एमालेको स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नेदेखि निर्वाचित ३०१ केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी, प्रदेश र जिल्ला इन्चार्जसम्मको जिम्मेवारी तोकेको छ।

एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटीमा मनोनीत गर्ने सदस्यहरुको टुङ्‍गो लगाएको छ।

एमाले महासचिव शंकर पोखरेलले विधानमा व्यवस्था भएअनुसार १० प्रतिशत र पार्टी एकता र एकीकरणबाट आएका गरेर ४५ जना केन्द्रीय कमिटीमा मनोनीत गरिएको जानकारी दिए। उनका अनुसार २० जना खुल्लाबाट, १० जना महिलातर्फबाट र बाँकी एकीकरणको प्रक्रियाबाट गरेर ४५ जना मनोनीत गरिएका हुन्।

को-को आए मनोनीतमा?
दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुन छुटेका नेतादेखि अन्य पनि मनोनीतमा परेका छन्। अहिले मनोनीत भएकामा दुर्गा प्रसाईंसमेत रहेका छन्। एमालेले मनोनीत गरेकाहरुमा दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञबहादुर बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुवास देवकोटा, इन्दिरा गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, सविता यादव, तारादेवी गुरुङ, विषमलाल अधिकारी, रेशम लामा, दुर्गा प्रसाईं, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा, चुडादेवसिंह लामा रहेका छन्।

यस्तै एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीबाहेक २६ जना स्थायी कमिटीमा मनोनयन गरेको छ। स्थायी कमिटीमा मनोनीतसहित थप ५४ जनालाई पोलिटब्यूरोमा मनोनयन गरेको छ। पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्य पदेन पोलिटब्यूरो सदस्य हुने व्यवस्था छ। जसअनुसार आइतबारको बैठकले ५४ जना पोलिटब्यूरो सदस्य मनोनीत गरेको हो।

यी हुन ९९ सदस्यीय पोलिटब्यूरो
एमालेका १९ जना पदाधिकारीसहित २६ जना स्थायी कमिटीमा थपिएकासमेत गरेर ९९ सदस्यीय पोलिटब्यूरो बनाइएको छ। एमालेमा पदाधिकारीमा रहेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा,विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पद्मा अर्यालसहित स्थायी कमिटीका घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, डा राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्कीसमेत मनोनीत भएका गोकुल बाँस्कोटा, महेश बस्नेत,अरुण नेपाल, देवी ज्ञवाली, पर्शु मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, कमलप्रसाद चौलागाईं, बालकृष्ण ढुंगेल, ईश्वरबहादुर रिजाल, जितबहादुर गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी, टुकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावल, नारदमुनि राना, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बानियाँ, मञ्जुकुमारी चौधरी, अच्युत मैनाली, विशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फुँयाल, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुलीकुमारी महतो, गौरी वली, निरुदेवी पाल, विमला घिमिरे, लीलाकुमारी भण्डारी, शान्ता चौधरी, सीता गिरी वली, नन्दलाल चौधरी, कृष्णबहादुर राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, सूर्यबहादुर थापा, मनकुमार जैसी, सुशिला नेपाल, पार्वत गुरुङ समेटेर पोलिटब्यूरो बनाएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

पदाधिकारीको कार्यविभाजन
नेकपा (एमाले)ले दोस्रो केन्द्रीय कमिटी बैठकबाट पदाधिकारीहरुको कार्यविभाजन गरेको छ। भक्तपुरको गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले १४ क्षेत्र तोकेर कार्यविभाजन गरेको हो।

अध्यक्ष ओलीलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ। महासचिव शंकर पोखरेललाई पनि समग्र पार्टीकै जिम्मेवारी दिइएको छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई राष्ट्रिय सुरक्षाको जिम्मेवारी दिइएको छ।

यस्तो छ जिम्मेवारी:

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्यक्ष केपी शर्मा ओली : समग्र पार्टी 
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
महासचिव शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वी सुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमाल: आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
भीष्म अधिकारी : कार्यालय सचिव
खगराज अधिकारी : संगठन विभाग

सातवटै प्रदेशमा इञ्‍चार्ज तोकियो
एमालेले सातवटै प्रदेशमा नयाँ इञ्चार्ज तोकेको छ। १०औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले सात प्रदेशमा इञ्चार्ज तोकेको हो। 

केन्द्रीय कमिटी बैठकको निर्णयानुसार प्रदेश १ को इञ्चार्ज देवराज घिमिरे तोकिएका छन्। यस्तै, प्रदेश २ को इञ्चार्जमा रघुवीर महासेठ, बागमतीमा काशिनाथ अधिकारी र गण्डकी प्रदेशको इञ्चार्ज पद्मा अर्याल तोकिएका छन्।

यस्तै, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट इञ्चार्ज तोकिएका छन्। 

नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिवमा डा भीष्म अधिकारी नियुक्त भएका छन्। यसअघि कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङले सम्हालेका थिए।
तामाङ स्थायी कमिटी सदस्य भएपछि केन्द्रीय सदस्य अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको हो।

तामाङले तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल गुट छोडेपछि एमाले अध्यक्ष ओलीले पार्टी कार्यालय सचिवको जिम्मेवारीमा ल्याएका थिए।

नेताहरुको वरीयता तय
एमालेले केन्द्रीय कमिटीका पदाधिकारीहरुको वरीयताक्रम निर्धारण गरेको छ। चितवनमा सम्पन्न १०औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले १९ जना पदाधिकारीको वरीयता निर्धारण गरेको हो।

वरीयताक्रमअनुसार सबैभन्दा माथिल्लो तहमा अध्यक्ष केपी शर्मा ओली छन्। ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन्। उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरीयताको पहिलो नम्बरमा छन्। ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा (बादल), विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन्।

महाधिवेशनका क्रममा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ वरीयतामा भने उपाध्यक्षमध्ये पनि अन्तिमतिर परेका छन्।
 
तीन जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरीयताको पहिलो नम्बरमा छन् भने त्यसपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।

सचिवहरुमध्ये पूर्वमाओवादी नेता टोपबहादुर सायमाझी र लेखकराज भट्ट क्रमश: दोस्रो र तेस्रो नम्बरमा छन्। सचिवमध्ये पद्मा अर्याल सबैभन्दा पुछारमा परेकी छन्। 

यस्तो छ एमालेका पदाधिकारीहरुको वरीयता:
केपी शर्मा ओली (अध्यक्ष)
ईश्वर पोखरेल (वरिष्ठ उपाध्यक्ष)

उपाध्यक्षहरु:
युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा (बादल), विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे

महासचिव: शंकर पोखरेल

उपमहासचिवहरु:
प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल

सचिवहरु:
टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल

यी हुन् प्रदेश कमिटीमा जिम्मेवारी पाउनेहरु
नेकपा एमाले केन्द्रीय कमिटीको पूर्ण बैठकबाट प्रदेश कमिटीका पदाधिकारीको पनि टुङ्‍गो लागेको छ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा सातवटा प्रदेश र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीको नाम पेस गरेअनुरुप नै टुङ्‍गो लागेको हो। 

यी हुन् सात प्रदेश र उपत्यका समन्वय कमिटीको अध्यक्ष, उपाध्यक्ष तथा सचिवमा सिफारिस नेताहरु:   

प्रदेश १
अध्यक्ष– तुलशी न्यौपाने
उपाध्यक्ष– टीका चेमजोङ
सचिव– चिन्तन पाठक

प्रदेश २
अध्यक्ष– राम अवतार यादव
उपाध्यक्ष– रेवती पन्त
सचिव– डा कृष्ण पौडेल

बागमती प्रदेश
अध्यक्ष– केशरराज पाण्डेय
उपाध्यक्ष– रामहरि सुवेदी
सचिव– विजय सुवेदी

गण्डकी प्रदेश
अध्यक्ष– नवराज शर्मा
उपाध्यक्ष– मोहन रेग्मी
सचिव– धनञ्जय दवाडी

लुम्बिनी प्रदेश
अध्यक्ष– राधाकृष्ण कँडेल
उपाध्यक्ष– भोजप्रसाद श्रेष्ठ
सचिव– लक्ष्मण आचार्य

कर्णाली प्रदेश
अध्यक्ष– विनोद शाह
उपाध्यक्ष– लालबहादुर महतारा
सचिव– कमल शाही

सुदूरपश्चिम प्रदेश
अध्यक्ष – दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सेना
सचिव – धर्मराज पाठक

उपत्यका विशेष प्रदेश
अध्यक्ष – प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की 
सचिव – समिर नेपाल

एमालेको केन्द्रीय कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ३०१ केन्द्रीय सदस्यको नै जिम्मेवारी तोकेको छ। त्यसअन्तर्गत नेताहरुले प्रदेशदेखि जिल्लासम्मको जिम्मेवारी पाएका छन्। 

आइतबार मनोनीत भएका ४५ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको भने पछि कार्यालयबाट नै जिम्मेवारी तोकिने भएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्री बालेनलाई पूर्व परराष्ट्रमन्त्रीहरुको थरीथरीका सुझाव
पक्राउ परेका दुई पूर्वश्रममन्त्रीमाथि १ अर्ब ६६ करोड ठगीको आरोप , मलेसिया रोजगारीमा सिन्डिकेट बनाएकोमा अनुसन्धान हुने
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ
सम्बन्धित सामग्री
भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्री बालेनलाई पूर्व परराष्ट्रमन्त्रीहरुको थरीथरीका सुझाव पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावमा नेपाल–भारत सम्बन्धलाई थप विश्वासिलो र परिणाममुखी बनाउन राष्ट्रिय स्वार्थमा आधारित कूटनीतिक संवाद,... बुधबार, मंसिर २, २०८३
अभियान चलाए पनि एमाले जनतासँगको संवादमा चुकेको पोखरेलको समीक्षा पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले जनतासँगको सम्पर्क कमजोर हुँदा मतदाताको बदलिँदो... बुधबार, मंसिर २, २०८३
सभामुख अर्याल र अध्यक्ष याङ्गबिच शिष्टाचार भेट आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनले नेपाल र चीनबिच रहिआएको ऐतिहासिक, घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ ब... बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्री बालेनलाई पूर्व परराष्ट्रमन्त्रीहरुको थरीथरीका सुझाव बुधबार, मंसिर २, २०८३
पक्राउ परेका दुई पूर्वश्रममन्त्रीमाथि १ अर्ब ६६ करोड ठगीको आरोप , मलेसिया रोजगारीमा सिन्डिकेट बनाएकोमा अनुसन्धान हुने बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
चोरीका गरगहना तथा नगदसहित जय बागेश्वरीबाट एक जना पक्राउ बुधबार, मंसिर २, २०८३
कर्मचारी सरुवा सूचना : सोल्टी होटल व्यवस्थापनविरुद्ध श्रमिक युनियनहरू आन्दोलनमा बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्