काठमाडौं– नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेश समिति अध्यक्षमा जगत सिम्खडा सर्वसम्मत चयन भएका छ्न्।
सिम्खडाको नेतृत्वमा ८ सदस्य पदाधिकारी चयन भएका छ्न्। सहसचिव एक जना खाली राखिएको छ।
सिम्खडाको अध्यक्षतामा उपाध्यक्ष कृष्ण केसी, उपाध्यक्ष संगीता खड्का, उपाध्यक्ष प्रकाश पाण्डे, सचिव सुरेन्द्र बस्नेत, सहसचिव गोगन मल्ल, सहसचिव विष्णु थापा, कोषाध्यक्ष शंकर अधिकारी चयन भएका छन्।
सर्वसम्मत निर्वाचित पदाधिकारी र सदस्य गरि जम्मा १४१ जना प्रदेश कमिटी बनेको छ। भौगोलिक ७ प्रदेशसहित उपत्यकालाई विशेष प्रदेशको रुममा राखिएको छ। उपत्यकामा विभिन्न पेशा व्यवसाय गरेर बसेकालाई यस प्रदेशमा समेटिएको छ।
प्रदेश सम्मेलन शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। आइतबार बन्दसत्रसँगै सर्वसम्मत प्रदेश पदाधिकारी चयन भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।