काठमाडौं– १५औं विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी प्रस्थान गर्ने भएको छ।
डिसेम्बर १५ देखि २१ सम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
पुरुषको २ सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र १ सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्ने छन्।
महिलाको ५० र १ सय मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउने छन्। अमेरिकामा रहेका एलेक्स त्यत्तैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन्।
प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।