काठमाडौं– बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि अस्पताल भर्ना हुने विरामीको संख्या बढ्न थालेको छ।
बेलायतका शिक्षामन्त्री नदीम जाहवीका अनुसार कोरोना संक्रमणका एक तिहाइ मामिला नयाँ ओमिक्रोन भेरियन्ट संक्रमण रहेको छ।
‘ओमिक्रोन डेल्टा भेरियन्टभन्दा धेरै संक्रामक छ। कोरोना दुई डोज खोप ‘पर्याप्त’ छैन र बूस्टर डोज लिन सक्नेले अनिवार्य रुपमा लिनुहोला,’ उनले भने।
यूके हेल्थ प्रोटेक्शन एजेन्सीका प्रमुख चिकित्सा सल्लाहकार, डा सुसान हप्किन्सले अस्पतालमा ओमिक्रोन संक्रमितको संख्या बढ्न सक्ने डर रहेको बताएका छन्।
ओमिक्रोन संक्रमणका कारण अस्पताल पुगेका संक्रमितहरु भाइरसका कारण हुन् वा अन्य कुनै कारणले अस्पताल पुगेका हुन् भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन।
‘बेलायतमा हालसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भएको छैन। तर, यहाँ दुई साताअघि मात्रै भाइरस पुष्टि भएको हो। संक्रमण भएको दुई सातापछि मात्रै अस्पताल पुग्ने अवस्था रहेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।