काठमाडौं– कोरोना संक्रमणका कारण महिनौंदेखि बन्द रहेका प्राथमिक विद्यालय पुनः खोल्न माग गर्दै भारतको झारखण्डमा सयौं बालबालिका र उनीहरूका अभिभावकले विरोध प्रदर्शन गरेका छन्।
आइतबार लातेहार जिल्लाको मनिकामा ‘हम सब की यही पुकार, प्रारम्भिक विद्यालय खोलो सरकार’ भन्ने नाराका साथ विरोध प्रदर्शन गरेका हुन्।
निजी विद्यालयमा पढाइ धान्न नसक्ने र सरकारी विद्यालय नखोल्दा बालबालिका अशिक्षित रहने भन्दै आफू प्रदर्शनमा उत्रिन परेको अविभावकहरुल बताएका छन्।
भारतीय सरकारले कोरोना महामारीका कारणअनलाइन शिक्षा सुरु गरेको थियो। तर, गाउँका गरिब बालबालिकाले त्यसको फाइदा उठाउन नसकेको शिक्षाविद्हरुले बताएका छन्।
भारतका ३३ राज्य र केन्द्र शासित प्रदेशहरूमा प्राथमिक विद्यालयहरू खोलिएका छन्। तर, झारखण्ड, ओडिशा, पश्चिम बंगाल, जम्मू र कश्मीरका प्राथमिक विद्यालयहरू हालसम्म बन्द छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।