काठमाडौं– इटालीको एक चर्चका पादरीले बालबालिकाको समूहलाई ‘सान्ता क्लज’को अस्तित्व नै नभएको बताएका छन्।
इटालियन मिडिया रिपोर्टका अनुसार पादरी एन्टोनियो स्टेग्लियानोले पनि गत हप्ता एक धार्मिक कार्यक्रममा कोका–कोलाले यसको विज्ञापनको लागि सान्ता क्लजको रातो पोशाक छनोट गरेको बताएका थिए।
पादरीको यो भनाइबाट अभिभावकहरु आक्रोशित भएका छन्। विवाद चर्किएपछि चर्चले अहिले बालबालिका र अभिभावकसँग माफी मागेको छ।
इटालीको नोटो क्षेत्रका प्रान्तीय प्रमुख रेभेरेन्ड अलेसेन्ड्रो पाओलिनोले पनि अभिभावकसँग माफी माग्दै पत्र लेखेका छन्। उनले पादरीले क्रिसमसको वास्तविक अर्थ बुझाउन खोजिरहेका बताएका छन्।
रेभरेन्डले फेसबुकमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सबैभन्दा पहिले, पादरीको तर्फबाट म निर्दोष बालबालिकाहरूलाई निराश पार्ने यस वक्तव्यप्रति खेद प्रकट गर्दछु र पादरीको नियत पूर्णतया फरक थियो भनेर स्पष्ट गर्न चाहन्छु।’
द रेभेरेन्डले बालबालिकालाई क्रिसमसको वास्तविक अर्थ बुझाउन खोजेको र त्यो दिन अहिले बजारीकरणका लागि चिनिन सान्ता क्लज बन्ने गरेको बताएका छन्।
सोही क्रममा स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै पादरीले बालबालिकालाई असली सान्ता र नक्कली सान्ताबीचको भिन्नता बुझाउन चाहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।