• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जब ओलीको प्रस्तावविरुद्ध सुवास नेम्वाङसहित ६ जना पदाधिकारी उभिए

64x64
बीपी अनमोल आइतबार, मंसिर २६, २०७८  २१:०८
1140x725

काठमाडौं– नेकपा एमालेको आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीका ४३ जना सदस्य मनोनित गरेको छ। त्यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो टुंगो लगाएको छ। प्रदेशहरुका इन्चार्ज तोक्दै एमालेले नेताहरुको कार्य विभाजन समेत गरेको छ।

आइतबारको बैठकबाट यी विषय टुंग्याउँदा एमालेले जे निर्णय गर्‍यो, ती ओलीकै प्रस्ताव थिए। निर्णयमा ओलीकै प्रस्ताव अनुमोदन भए पनि बैठकमा ती प्रस्ताव प्रस्तुत हुँदा सहज अवस्था भएन। बैठक सकिएपछि कतिपय नेताहरुले सञ्चारमाध्यममै बैठकभित्र देखापरेका असन्तुष्टिहरु सार्वजनिक पनि गरे। बाहिर के कति कुरा आए वा आएनन् भन्ने फरक कुरा हो, तर बैठक भित्र भने ओलीले ठूलै विरोध सामना गर्नुपर्‍यो।

केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो गठनमा ओलीले जब नाम प्रस्ताव गरे, त्यसमा एमालेका पदाधिकारीहरुबाटै असन्तुष्टि प्रकट भयो। सबभन्दा पहिले एमाले सचिव योगेश भट्टराईले प्रस्तावमा असन्तुष्टि प्रकट गरेका थिए। उनले यसबारे पदाधिकारी टिममा समेत छलफल नगरिएको भन्दै असन्तुष्टि पोखेका थिए।

एमालेमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीसहित १९ जना पदाधिकारी छन्। तिनै पदाधिकारीमा २६ जना थपेर ४५ सदस्यीय स्थायी कमिटी गठन गरिएको हो। योगेशले असन्तुष्टि पोखेलगत्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि आफ्नो असन्तुष्टि व्यक्त गरिन्। बैठकमा सहभागी एक नेताका अनुसार शाक्यले पदाधिकारीहरुबीच यसबारे कुनै छलफल नै नभएको उल्लेख गर्दै भनेकी थिइन्, ‘कम्तीमा यसबारे पदाधिकारीहरु बीचमा छलफल गरिनुपर्थ्यो। छलफलसम्म नगरी एकलौटी रुपमा नामको सूची लिएर आइयो।’

त्यसपछि ओलीका ‘भित्रिया’मध्ये मानिने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि छलफल नै नगरी नाम ल्याइएको भन्दै असन्तुष्टि जनाएका थिए। अर्का उपाध्यक्ष युवराज ज्ञवालीले एउटा मापदण्ड बनाएर निर्णय गरिएन भने समस्या सिर्जना हुने बताए। उनले पदाधिकारीहरुबीच छलफल नै नभएकोमा असन्तुष्टि जनाउँदै पार्टीलाई सामूहिक नेतृत्वमा चलाउन माग गरेका थिए।

उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्टलगायतले पनि छलफल नै नगरी नाम ल्याइएको भन्दै असन्तुष्टि पोखेका थिए।

तर, त्यो असन्तुष्टिबीच पनि बैठकबाट तिनै नाम अनुमोदन भए जो ओलीले प्रस्ताव गरेका थिए।

घनश्यामले ‘धार्मिक सम्राट’को उदाहरण दिइरहँदा बोलेनन् ओली
आइतबारको बैठकमा एमाले केन्द्रीय सदस्य घनश्याम भुसालले पनि ओलीको प्रस्तावको चर्को आलोचना गरेका थिए। ओलीको प्रस्ताव आएलगत्तै भुसालले कुनै विधि र पद्दति टेकेर नामावली नआएको टिप्पणी गरेका थिए। उनले भूमिका बाँध्दै भनेका थिए, ‘धर्मका नाममा एक ताका धार्मिक सम्राटले आफ्ना आसेपासेहरुलाई राख्थे, धर्मको कुरा भएकाले अन्याय हुँदा पनि मान्छे बोल्न सक्दैन्थे, आज त्यस्तै भयो। जानाजान अन्याय गरियो।’

Ncell 2
Ncell 2
nimb
nimb

भुसाल यतिमै रोकिएनन्। उनले टंक कार्कीलाई पोलिटब्यूरोमा प्रस्ताव नगरिएकोमा झन् धेरै असन्तुष्टि जनाए। कार्की तिनै नेता हुन् जो महाधिवेशनमा ओलीको सूचीविरुद्ध ‘बागी’ बनेर सचिवको उम्मेदवार बने र पराजित भएका थिए। केन्द्रीय सदस्यमा पनि उनी पराजित भएको सूची एमाले निर्वाचन आयोगले सुरुमा सार्वजनिक गरेका थियो। तर, एक हप्ताभन्दा पछि भीम रावल पराजित भएको भन्दै उनलाई विजयी घोषणा गरिएको थियो। 
चीनका लागि नेपाली राजदूत रहिसकेका कार्की पुराना एमाले नेता हुन्। धेरै कनिष्ठहरु पोलिटब्यूरामा अटाउँदा उनलाई नसमेटिएपछि भुसालले ओलीलाई बैठकमै भने, ‘मलाई पोलिटब्यूरो चाहिएको छैन। मेरो नाम काटेर टंक कार्कीलाई पोलिटब्यूरोमा राखिदिनुस्।’

आइतबारको बैठकबाट निस्कने क्रममा केही नेताहरुले त ‘हाम्रो पार्टीमा दुर्गा प्रसाईं आएको होइन, हामी दुर्गा प्रसाईंको पार्टीमा आएको अनुभूति भो’ भन्ने टिप्पणी गरेका थिए। 

हुनपनि एमालेले कुनै राजनीतिक पृष्ठभूमि नै नभएका विवादास्पद पात्र प्रसाईंलाई केन्द्रीय सदस्य मनोनित गर्दा इतिहास बोकेका एमाले नेता नरेश खरेललाई सूचीमा पारेन। झापाका खरेलभन्दा प्रसाईं अब्बल ठहरिए। त्यतिमात्र होइन, प्रसाईंभन्दा दीपकप्रकाश भट्ट, सुरेन्द्र मानन्धर, योगेन्द्र शाही, अर्चना गहतराज, सुवास कर्माचार्य ‘अयोग्य’ ठहरिए। यी पाँचजना तिनै नेता हुन्, जसले चितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, पछि मनोनित गर्ने भन्दै उनीहरुलाई उम्मेदवारी फिर्ता लिन लगाइएको थियो। ‘उम्मेदवारी फिर्ता लिनुस्, हामी मनोनित गरेर ल्याउँछौं भनेर (वर्तमान महासचिव) शंकर पोखरेललगायतका नेताहरुले आश्वस्त पार्नुभएको थियो’, ५ मध्येका एक नेताले भने, ‘दुर्गा प्रसाईंहरु भएपछि पार्टीलाई हाम्रो खाँचो परेन होला।’

श्रीमाया अटिनन्, जुलीलाई पोलिटब्यूरो 
श्रीमाया थकाली एमालेको आठौं महाधिवेशनमै बैकल्पिक पोलिटब्यूरो सदस्य निर्वाचित भएकी थिइन्। नवौं महाधिवेशनपछि उनी पोलिटब्यूरो सदस्य बनिन्। तर, दशौं महाधिवेशनपछि भने उनलाई केन्द्रीय सदस्यमै सीमित राखिएको छ। आइतबार एमालेले गरेको पोलिटब्यूरो गठनमा उनी अट्न सकिनन्। लगातार ३ पटक केन्द्रीय सदस्य निर्वाचित ममता गिरी पनि पोलिटब्यूरोमा परिनन्।

Xtrem

Xtrem

बरु उनीहरुभन्दा निकै जुनियर जुली महतो एमाले पोलिटब्यूरो सदस्य बनेकी छन्। जुली ओलीनिकट एमाले नेता रघुबीर महासेठकी पत्नी हुन्। त्यस्तै सुजिता शाक्य पनि पोलिटब्यूरोमा परिन्। शाक्य एमाले महासचिव शंकर पोखरेलकी पत्नी हुन्। आफू पोलिटब्यूरोमा नअट्नुको कारण श्रीमायाले आइतबारको बैठकमै ओलीसँग मागेकी थिइन्। ‘म आठौं महाधिवेशनबाट बैकल्पिक पोलिटब्यूरो सदस्य भएँ, नवौंबाट पोलिटब्यूरोमा निर्वाचित भएँ। दशौं महाधिवेशनपछि म किन पोलिटब्यूरोका लागि योग्य बन्न सकिनँ? मेरो के योग्यता पुगेन?’
 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २१:०८
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्