काठमाडौं– कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले विद्यार्थीलाई सर्ट म्यूजिकल भिडियो (टिकटक) बनाउन रोक लगाएको छ।
क्याम्पस परिसरमा, क्याम्पसका संरचना देखिने गरी, क्याम्पसको ड्रेस लगाइ टिकटक बनाइएको पाइए विद्यार्थीलाई कारबाही गरिने पनि क्याम्पसले चेतावनी दिएको छ।
'...क्याम्पसमा अध्ययनरत केही विद्यार्थीहरुले स्मार्ट मोवाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने गुनासो आएकाले अब उपरान्त क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाइएको छ,' क्याम्पस प्रशासनले एक सूचना जारी गर्दै भनेको छ, 'यदि सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचार संहिताअनुसार कारवाही हुने कुरा सूचित गरिन्छ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।