फाइल तस्बिर
काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे ‘चीफ अफ डिफेन्स स्टाफ’ (सीडीएस) नियुक्त भएका छन्।
भारतका प्रथम सीडीएस जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त पदमा नरवणेलाई नियुक्त गरिएको हो।
गत बुधबार रावतसहित सेनाका अधिकारी सवार वायुसेनाको एमआई-१७ को ५औं हेलिकोप्टर तमिलनाडुस्थित कुन्नुर नजिक दुर्घटनामा परेको थियो।
उनको मृत्युपछि दोस्रो वरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए।
नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डीप्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ।
भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।