काठमाडौं– एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका राष्ट्रिय पुरुष टोलीको घोषणा गरिएको छ।
नेपाल भलिबल संघले आइतबार बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि इम रानाको कप्तानीमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो।
बन्द प्रशिक्षणमा रहेका १६ खेलाडीबाट अन्तिम चरणमा १२ सदस्सीय टोली घोषणा गरिएको हो।
अन्तिम चरणमा ईश्वर थापा, दिपक राज जोशी, रबिन चन्द र धिरज बस्नेत बाहिरिए। यता, मानबहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा हान एबिङ छन्। प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म ढाकामा आयोजना हुनेछ।
नेपाली टोली :
ईम रानामगर, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरवबहादुर बम, शरणसमारी क्षेत्री, विशाल विक, विनोद चन्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।