फाइल तस्बिर
काठमाडौं– नेकपा (एमाले)ले दोस्रो केन्द्रीय कमिटी बैठकबाट पदाधिकारीहरुको कार्यविभाजन गरेको छ।
भक्तपुरको गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले १४ क्षेत्र तोकेर कार्यविभाजन गरेको हो।
अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ। महासचिव शंकर पोखरेललाई पनि समग्र पार्टीकै जिम्मेवारी दिइएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान र उपाध्यक्ष रामबहादुर थापा 'बादल'लाई राष्ट्रिय सुरक्षाको जिम्मेवारी दिइएको छ।
यस्तो छ जिम्मेवारी:
अध्यक्ष केपी शर्मा ओली : समग्र पार्टी
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
महासचिव शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमाल: आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
भीष्म अधिकारी : कार्यालय सचिव
खगराज अधिकारी : संगठन विभाग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।