काठमाडौं– नेकपा एमालेले ७ वटै प्रदेशमा नयाँ इञ्चार्ज तोकेको छ। १०औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ७ प्रदेशमा इञ्चार्ज तोकेको हो।
केन्द्रीय कमिटी बैठकको निर्णयानुसार प्रदेश १ को इञ्चार्ज देवराज घिमिरे तोकिएका छन्। यस्तै, प्रदेश २ को इञ्चार्जमा रघुवीर महासेठ, बागमतीमा काशिनाथ अधिकारी र गण्डकी प्रदेशको इञ्चार्ज पद्मा अर्याल तोकिएकी छन्।
यस्तै, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट इञ्चार्ज तोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।