काठमाडौं– नेकपा (एमाले) संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन्। यसअघि स्वास्थ्य गृहलगायत महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका अधिकारीलाई संगठन विभाग प्रमुखमा नियुक्त गरिएको एक नेताले नेपाल लाइभलाई बताए।
अधिकारी दशौं महाधिवेसनबाट स्थायी समितिमा परेका छन्। पार्टीमा स्पष्टवक्ताको रुपमा परिचित अधिकारीले संगठन विभाग प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी पाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।