काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारीहरुको वरियताक्रम निर्धारण गरेको छ। चितवनमा सम्पन्न १०औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो।
वरियताक्रमअनुसार सबैभन्दा माथिल्लो तहमा अध्यक्ष केपी शर्मा ओली छन्। ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन्। उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरियताको पहिलो नम्बरमा छन्। ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन्।
महाधिवेशनका क्रममा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ वरियतामा भने उपाध्यक्ष मध्ये पनि अन्तिमतिर परेका छन्।
३ जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरियताको पहिलो नम्बरमा छन् भने त्यसपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।
सचिवहरुमध्ये पूर्व माओवादी नेता टोपबहादुर सायमाझी र लेखकराज भट्ट क्रमश: दोस्रो र तेस्रो नम्बरमा छन्। सचिवमध्ये पद्मा अर्याल सबैभन्दा पुछारमा परेकी छन्।
यस्तो छ एमालेका पदाधिकारीहरुको वरियता:
केपी शर्मा ओली (अध्यक्ष)
ईश्वर पोखरेल (वरिष्ठ उपाध्यक्ष)
उपाध्यक्षहरु:
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
विष्णु पौडेल
रामबहादुर थापा (बादल)
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्र पाण्डे
शंकर पोखरेल (महासचिव)
उपमहासचिवहरु:
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
विष्णु रिमाल
सचिवहरु:
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।