काठमाडौं- नेकपा एमालेको ४५ सदस्यीय स्थायी कमिटीमा ६ जना महिला नेताहरु परेका छन्। भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले आइतबार स्थायी कमिटी गठन गरेको हो।
केन्द्रीय कमिटीका १९ जना पदाधिकारी पदेन स्थायी कमिटी सदस्य हुन्छन्। १९ जनामा दुईजना महिला (उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्याल) पदाधिकारी छन्। थप २६ जनालाई केन्द्रीय कमिटी बैठकले मनोनयन गर्दा चार जना परेका हुन्।
स्थायी कमिटी सीता पौडेल, विन्दा पाण्डे, थममाया थापामगर र शिवमाया तुङ्वाहाम्फेलाई मनोनित गरिएको हो।
चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।