काठमाडौं– नागारिक स्टक डिलरले पुस २३ गते साधारणसभा बोलाएको छ। कम्पनीको सभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३.३० बजे सुरु हुनेछ।
कम्पनीले साधारणसभामा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ।
त्यस्तै कम्पनीको अन्य अजेन्डा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुनेछ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।