• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारका सूचनामा खेलाँची : महानगर र उपमहानगरका मेयर-उपमेयर चलाउँछन् व्यक्तिगत इमेल

डुक्पा छिरिङ मोक्तान  बिहीबार, पुस १, २०७८  ०७:०४
1140x725

काठमाडौं– अधिकांश महानगर र उपमहानगरपालिकाहरूले संस्थागत नभइ व्यक्तिगत इमेललाई आधिकारिक रूपमा चलाउने गरेका छन्। मेयर र उपमेयरको व्यक्तिगत इमेल प्रयोग गर्दा उनीहरुको कार्यकालपछि ती पालिकाको सूचना चुहिने जोखिम बढको छ।

ती महानगर र उपमहानगरपालिकाको वेवसाइटमा मेयर र उपमेयरका व्यक्तिगत इमेल राखिएको छ। स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नलाग्दा पनि नयाँ इमेल नबनाइएको हो। नेपालका ६ महानगर र ११ उपमहानगरपालिकामध्ये दुई महानगर र ६ उपमहानगरपालिकाले मेयर र उपमेयरको व्यक्तिगत इमेललाई पालिका सरकारको आधिकारिक इमेल बनाइरहेका छन्।

यसो गर्दा अर्काे पटक नयाँ मेयर निर्वाचित भएर आउँदा पुराना सूचना हराउन सक्ने र नयाँ सूचना पनि पुरानै इमेलमा जान सक्ने आईटीविज्ञ टंक अर्यालले बताए। ‘इमेलमा रहेका डेटा स्थानीय सरकारको सम्पत्ति हो। भविष्यमा त्यो इमेल प्रयोग गर्न नपाउँदा धेरै सूचना हराउन सक्छन्। तथ्यांकहरूको दुरुपयोग हुनसक्छ,’ अर्यालले भने, ‘जुनसुकै तहको सरकार भए पनि संस्थागत इमेल प्रयोग गर्नुपर्छ। व्यक्तिगत इमेल प्रयोग गरेर देशको सूचना जथाभावी गर्न पाइँदैन।’ अर्को निर्वाचनबाट नयाँ मेयर र उपमेयर आउँदा पुरानै इमेल चलाउन पाउनुपर्ने उनले बताए। 

अमेरिकामा तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टनको इमेलसम्बन्धी यस्तै विवाद आएको उनले बताए। तर, क्लिन्टनले भने व्यक्तिगत सूचना विदेशमन्त्रीको आधिकारिक इमेलबाट पठाएकोमा विवाद भएको थियो। ‘सरकारी सूचना र तथ्यांक व्यक्तिगत इमेलबाट पठाउन पनि पाइँदैन र व्यक्तिगत कामको इमेल सरकारी संयन्त्र प्रयोग गरेर पनि पठाउन पाइँदैन,’ अर्यालले भने।

अबको एक वर्षभित्र स्थानीय चुनाव भएपछि मेयर र उपमेयरले वेइवसाइटमा राखिएको व्यक्तिगत इमेल आफूसँगै लिएर जान्छन्। ती इमेल छोडी हाले पनि आधिकारिक नहुने हुँदा नयाँ पदाधिकारीले नयाँ इमेल बनाउँछन्। यसबाट भविष्यमा सूचना चुहावटसम्बन्धी गम्भीर विवादहरू आउन सक्ने अर्यालको भनाइ छ।

No description available.

व्यक्तिगत इमेल प्रयोग गर्ने महानगरपालिका ललितपुर र भरतपुर हुन्। ललितपुरका मेयर चिरीबाबु महर्जनले [email protected] र उपमेयर गिता सत्यालले [email protected] चलाउँछन्। उपमेयर सत्यालले व्यक्तितग इमेल प्रयोग गर्दा पछि कुनै समस्या उत्पन्न नहुने दाबी गरिन्।

संस्थागत इमेल भए पनि आफ्नो इमेल चलाउन सजिलो भएको र त्यसलाई वेबसाइटमा राख्दा खासै फरक नपर्ने उनको जिकिर छ। ‘हाम्रो कार्यकाल सकिएपछि यो इमेल हामी नै लिएर जान्छौँ,’ उनले भनिन्, ‘संस्थाको छुट्टै इमेल छ। हामीले हाम्रो इमेल पछिसम्म पनि प्रयोग गर्न पाउनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सबै सूचना मोइबालमा हेर्न सजिलो हुने भएकाले मेयर र उपमेरको इमेल महानगरको वेबसाइटमा राखिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।

व्यक्तिगत इमेललाई नै अहिले संस्थागत रूपमा चलाएको उनले बताए। ‘अब हामी यसलाई सच्याउछौँ,’ उनले भने, ‘अब संस्थागत इमेल नै चलाउन थाल्छौँ।’

No description available.

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरी पनि व्यक्तिगत इमेल चलाउँछन्। दाहालले [email protected] चलाउँछिन्। त्यस्तै उपमेयर ठकुरी [email protected] चलाउँछिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

काठमाडौँ, विराटनगर, वीरगंज र पोखरा महानगरपालिकाले भने संस्थागत इमेल चलाउँछन्। काठमाडौँकी उपमेयर हरिप्रभा खड्गीले आफूहरूले चलाएको इमेल कार्यकाल सकिएपछि पनि संस्थाकै हुने बताइन्। ‘पछि गएर विवाद हुन्छ भनेर नै हामीले संस्थागत इमेल प्रयोग गरेका हौँ,’ उनले भनिन्।

उता इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरी आफ्नै नामको [email protected] इमेल चलाउँछन्। उपमेयर लक्ष्मी गौतम [email protected] इमेल चलाउँछिन्। मेयर चौधरीले फोनमा प्रतिक्रिया दिने नगरेको भन्दै यसबारे बोल्न मानेनन्। ‘तपाईं मेरो टेबलमा आउनुस्, अनि आमुन्ने–सामुन्ने कुरा गरौँला। फोनमा मैले बोल्ने गरेको छैन,’ उनले भने, ‘मलाई भेट्न आउँदा हेल्मेट नलगाए पनि हुन्छ। काठमाडौँमा हुनुहुन्छ भने प्लेनको टिकट म नै काटिदिन्छु। चिया खाँदै कुरा गरौँला।’

No description available.

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी [email protected] नामको इमेल चलाउँछन्। उपमेयर गोमा देवी आचार्यले इमेल सार्वजनिक रूपमा वेबसाइटमा राखेकी छैनन्। उता तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्यम पाण्डेले [email protected] र उपमेयर माया शर्मा [email protected] इमेल चलाउँछन्। 

सूचना आदानप्रदानका लागि मात्र इमेल प्रयोग गरेकाले व्यक्तिगतले कुनै फरक नपर्ने उपमेयर शर्माले बताइन्। ‘कार्यकाल सकिएपछि आफ्नो इमेल संस्थामा नै छाडेर जाने कि नजाने पछि नै विचार गरौँला’, उनले भनिन्, ‘तपाईको मेल पठाई दिनुस् न भन्नु हुन्छ। म मेरै पठाइदिन्छु। त्यसबाट केही बिग्रिएजस्तो लाग्दैन।’

नेपालगंज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले [email protected] र उपमेयर उमा थापा मगर [email protected] नामका इमेल चलाउँछन्। त्यस्तै कलैया उपमहानगरपालीका मेयर राजेश राय यादव [email protected] र उपमेयर हरिमा खातुन [email protected] नामको इमेल चलाउँछन्। जितपुर सिमरा उपमहानगरका मेयर डा.कृष्णप्रसाद पौडेल [email protected] नामको इमेल चलाउँछन्। उपमेयरले कुनै पनि इमेल प्रयोग गरेकी छैनन्।

यसबाहेक धरान, जनकपुर, हेटौंडा, घोराही र धनगढी उपमहानगरका मेयर र उपमेयरले भने संस्थागत इमेल प्रयोग गर्दै आएका छन्।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी बैंकले आज एक एड्भाइजरी जारी गर्दै अनलाइन ठगीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानबारे जानकारी गराएको हो। राष्ट्र बैंकको वित्तीय जानका... शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली श्रेष्ठको घर पुगेको थियो। प्रहरी उच्च स्रोतका अनुसार कार्यालयका एसए... शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ र... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्