काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारी फर्ता लिने समय सकिएको छ।
जारी महाधिवेशनमा आइतबार मनोनयनपत्र फिर्ता लिनका लागि केन्द्रीय निर्वाचन समितिले बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर साढे १२ बजेसम्म कायम गरिएको थियो।
उक्त समय सकिएको हो। फर्ता लिने समय सकिएसँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिने छ भने मतदान भोलि बिहान ८ बजेदेखि हुनेछ।
यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएको थियो।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।